२ कोरिन्थी 8
8
दान कसरी दिनुपर्छ
1 #
रोमी 15:26
दाजुभाइ हो, परमेश्वरले माकेडोनियाको मण्डलीलाई गर्नुभएको अनुग्रहको बारे तिमीहरूलाई हामी भन्न चाहन्छौं। 2तिनीहरूले असाध्यै दु:खमा पनि आफ्नो ठूलो आनन्द प्रमाण गरी देखाए। तिनीहरू गरीब भएर पनि मन खोलेर दान दिए। 3उनीहरूले आफ्नो औकातदेखि पनि धेरै दिए, त्यही पनि आफ्नो खुसीले दिए। 4यसरी दान दिएर उनीहरूले हामी यहूदियामा हुने ख्रीष्टका पवित्र जनहरूको सहायतामा भाग लिने मौका पाऔं भनी साह्रै बिन्ती गरे। 5हामीले सोच्दै नसोचेको कुरो तिनीहरूले गरे। पहिले उनीहरूले आफैंलाई प्रभुकहाँ चढाए अनि परमेश्वरको इच्छामा काम गर्न आफैंलाई हाम्रा हातमा सुम्पिदिए। 6तीतसले तिमीहरूका बीचमा यो दान उठाउने काम सुरु गरेकाले त्यो पूरा गरून् भनी हामीले उनलाई पठायौं। 7तिमीहरू विश्वासमा, शिक्षामा, ज्ञानमा, अरूको ख्याल गर्नमा र हाम्रो माया गर्न सबै कुरामा धनी छौ। यसै गरी यो प्रेमले दिने सेवा पनि पूरा गर्ने गर भनी हामी इच्छा गर्छौं।
8यो मैले तिमीहरूलाई नियम बनाइदिएको होइनँ, तर अरूहरूले मद्दत गर्न कति इच्छुक छन्, यहाँ बताएर तिमीहरूको प्रेम साँचो हो कि होइन, म पत्ता लाउन चाहन्छु। 9हाम्रा प्रभु येशू ख्रीष्टले गर्नुभएको अनुग्रह तिमीहरूलाई थाहै छ। उहाँ धनीभन्दा धनी भएर पनि तिमीहरूका लागि गरीब हुनुभयो। आफ्नै गरीबीले तिमीहरूलाई धनी बनाउन उहाँले यसो गर्नुभयो।
10पोहोर थालेको काम पूरा गर भनी म तिमीहरूलाई सल्लाह दिन्छु। तिमीहरू काम गर्न मात्र होइन तर काम गर्ने इच्छामा पनि सबैभन्दा अघि भयौ। 11अब तिमीहरूले सुरु गरेको काम पूरा पनि गर। त्यस बेला तिमीहरूको दिने ठूलो इच्छा थियो र सकेसम्म दिएर अब आफ्नो इच्छा पूरा गर। 12तिमीहरूमा दिने ठूलो इच्छा छ भने तिमीहरूमा जे छ, त्यसैबाट दिएको परमेश्वर लिनुहुन्छ, तर तिमीहरूसँग नभएको कुरा खोज्नुहुन्न।
13तिमीहरूलाई भारी लदाएर अरूहरूलाई चाहिँ हलुङ्गो बनाउने मेरो इच्छा होइन तर सबैलाई समान भार होस्। 14यस बेला तिमीहरूसँग मनग्गे छ र नहुनेहरूलाई तिमीहरूले दिनु राम्रै हो। पछि तिमीहरूलाई नपुग्दो हुँदा पनि उनीहरूले मद्दत गर्नेछन्। यसो हुँदा दुवैले आपसमा मद्दत गर्न सक्नेछन् र सबै बराबर हुन्छन्। 15#प्रस्थान 16:18“धेरै बटुल्नेलाई पनि धेरै भएन अनि थोरै बटुल्नेलाई पनि थोरै भएन” भनेर त धर्मशास्त्रमा नै लेखिएको छ।
तीतस र उनका साथीहरू
16तिमीहरूका बारेमा परमेश्वरले तीतसको हृदयमा मेरो जस्तै इच्छा दिनुभयो। यसका लागि परमेश्वरलाई धन्यवाद चढाउँछौं। 17हामीले भनेकाले होइन तर उनको आफ्नै इच्छा पनि यति ठूलो थियो उनी आफ्नै राजी-खुसीले तिमीहरूकहाँ आएका हुन्। 18सुसमाचार सुनाउन नाउँ चलेका, सबै मण्डलीले पनि प्रशंसा गरेका एक जना भाइलाई पनि हामी उनीसँगै पठाउँदै छौं। 19प्रेमसित दिइने दान उठाउने काममा हामीसँगै हिंड्डुल गर्न यस भाइलाई मण्डलीहरूले छानेका हुन्। यो काम हामीले प्रभुको आदरको लागि अरूहरूलाई मद्दत गर्ने फिक्री हामीमा छ भनी देखाउन गरेका हौं।
20यस दानमा कसैले दोष लाउन नपाओस् भनेर यी सबै दान हामी ठीकसँग चलाउँछौं। 21#हितोपदेश 3:4परमेश्वरको अघि मात्र होइन तर मानिसको अघि पनि असल काम गर्न हामी ध्यान दिन्छौं। 22त्यसकारण अर्को भाइलाई पनि पहिले भनेको भाइ र तीतससँग पठाउँदै छौं। हामीले यस भाइलाई धेरै पटक जाँच्यौं र जहिले पनि हामीहरूले उनलाई काम गर्नमा जोशिलो पायौं, त्यसमाथि पनि अहिले उनको तिमीहरूमाथि ठूलो भरोसा रहेछ र झन् सघाउन उत्सुक छन्। 23तीतसचाहिँ मेरा साथी हुन् र मसँगै तिमीहरूलाई सघाउने काम गर्छन्। उनीसँग आउने अरू भाइहरूलाई ख्रीष्टको सम्मान्को लागि मण्डलीहरूले पठाएका हुन्। 24तिमीहरूले उनीहरूलाई आफ्नो प्रेमको प्रमाण देओ अनि हामीले किन तिमीहरूका बारेमा घमण्ड गरेका रहेछौं भनी मण्डलीले देख्न सकोस्।
Trenutno izbrano:
२ कोरिन्थी 8: सरल नेपाली
Označeno
Deli
Kopiraj
Želiš, da so tvoji poudarki shranjeni v vseh tvojih napravah? Registriraj se ali se prijavi
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.