1
रोमी 5:8
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
तैपनि परमेश्वरले उहाँको प्रेम हामीलाई यसरी देखाउनुभयो, हामी पापी छँदै हाम्रा लागि ख्रीष्ट मर्नुभयो।
Primerjaj
Razišči रोमी 5:8
2
रोमी 5:5
हामी यस आशामा निराश हुनेछैनौं किनभने परमेश्वरले पवित्र आत्मा दिनुभएको छ र पवित्र आत्माले हाम्रो हृदयमा परमेश्वरको प्रेम भर्नुभएको छ।
Razišči रोमी 5:5
3
रोमी 5:3-4
त्यति मात्र होइन, दु:खमा पनि हामी खुसी छौं किनभने दु:खले दु:ख सहने शक्ति दिन्छ, दु:ख सहने शक्तिले हामीलाई पाको बनाउँछ। हामी पाको भएपछि आउँदो समयको लागि साहस र आशा पाउँछौं।
Razišči रोमी 5:3-4
4
रोमी 5:1-2
यसकारण हामी विश्वासद्वारा परमेश्वरको सामु ठीक ठहरिएका छौं अनि हाम्रा प्रभु येशू ख्रीष्टद्वारा नै परमेश्वरसँग हाम्रो मिलाप भएको छ। उहाँले हामीलाई विश्वासद्वारा परमेश्वरको अनुग्रहमा ल्याउनुभएको छ। अहिले हामी त्यही क्षमा दिने अनुग्रहमा छौं। हामीहरू परमेश्वरको महिमामा सहभागी हुने आशामा रमाउँछौं।
Razišči रोमी 5:1-2
5
रोमी 5:6
हामी आफैंले मुक्तिको निम्ति केही गर्न नसक्ने हुँदा नै ख्रीष्ट आफैं नै हामी पापीको निम्ति ठीक बेलामा मर्नुभयो।
Razišči रोमी 5:6
6
रोमी 5:9
उहाँ बलिदान भएर आफ्नो रगतद्वारा हामीलाई परमेश्वरको सामु ठीक ठहराउनुभयो भने झन् बढी उहाँले हामीलाई परमेश्वरको क्रोधबाट बचाउनुहुन्छ।
Razišči रोमी 5:9
7
रोमी 5:19
एक जना आदमले आज्ञापालन नगर्दा धेरै जना पापी भए, त्यसै गरी एक जना ख्रीष्टको आज्ञापालनले धेरै जना परमेश्वरको सामु ठीक ठहरिने भए।
Razišči रोमी 5:19
8
रोमी 5:11
यति मात्र होइन हाम्रा प्रभु येशू ख्रीष्टले गर्दा हामी परमेश्वरको स्तुति गर्दै रमाउँछौं कारण ख्रीष्टले हामीलाई परमेश्वरसँग मिलाप गराएर आफ्नो मित्र बनाउनुभएको छ।
Razišči रोमी 5:11
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki