1
मत्ती 28:19-20
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
अब तिमीहरू गएर सबै मानिसहरूलाई मेरा चेलाहरू बनाओ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। तिनीहरूलाई मैले आज्ञा गरेका सबै कुराहरू मान्न सिकाओ। अनि हेर, म सधैँभरि, अँ संसारको आखिरी दिनसम्मै तिमीहरूसँगै रहनेछु।”
Primerjaj
Razišči मत्ती 28:19-20
2
मत्ती 28:18
तब येशू नजिक आएर तिनीहरूलाई भन्नुभयो, “हेर, स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।
Razišči मत्ती 28:18
3
मत्ती 28:5-6
तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “नडराओ, मलाई थाहा छ, तिमीहरू क्रूसमा मारिनुभएको येशूलाई खोज्न आएका हौ। तर हेर, येशू यहाँ हुनुहुन्न। आफूले भन्नुभएजस्तै उहाँ त मरेकोबाट बिउँतनुभएको छ। आएर प्रभुको लाश राखिएको ठाउँ हेर!
Razišči मत्ती 28:5-6
4
मत्ती 28:10
येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ, तिमीहरू गएर मेरा भाइहरूलाई गालीलमा जान भनिदेओ। त्यहीँ नै तिनीहरूले मलाई देख्नेछन्।”
Razišči मत्ती 28:10
5
मत्ती 28:12-15
मुख्य पूजाहारीहरूले अरू अगुवाहरूसँग मिलेर “अब के गर्ने?” भनेर सल्लाह गरे अनि तिनीहरूले सिपाहीहरूलाई पैसा दिएर भने, “तिमीहरूले ‘राती हामी निदाएको बेलामा येशूका चेलाहरूले आएर उसको लाश चोरेर लगेछन्’ भन्नू है। रोमी बडा-हाकिमले सुनेछन् भने हामी उनीसँग कुरा मिलाउँछौं। तिमीहरूले यसको बारेमा केही चिन्ता गर्नुपर्दैन।” ती पहरा दिनेहरूले पैसा लिएर मुख्य पूजाहारीहरूले सिकाएजस्तै भने। यो कुराचाहिँ यहूदीहरूको बीचमा अहिलेसम्म पनि फैलिरहेको छ।
Razišči मत्ती 28:12-15
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki