BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूकाPrøve

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

Dag 6 av 20

येशूले आफ्ना सबै चेलाहरू मध्येबाट बाह्र जनालाई अगुवाहरू हुन नियुक्त गर्नुहुन्छ अनि बाह्र सङ्ख्याको अर्थ छ। येशूले एउटा नयाँ कुल निर्माण गर्दै इस्राएलका बाह्र कुलहरूलाई छुटकारा दिँदै हुनुहुन्छ भनि देखाउन नियतवश नै उहाँले बाह्र मानिसहरूलाई छान्नुहुन्छ। तर झट्ट हेर्दा यो नयाँ इस्राएल नयाँ भएको जस्तो देखिँदैन। येशूले अति नै साधारण देखिने निम्न वर्गका, शिक्षित र अशिक्षित, धनी र गरिब व्यक्तिहरूलाई छान्नुहुन्छ। येशूले एकजना भूतपूर्व कर उठाउनेलाई पनि छान्नुहुन्छ जसले रोमी शासन अन्तर्गत काम गर्थ्यो र एकजना भूतपूर्व विद्रोही (जेलट)-लाई पनि छान्नुहुन्छ जसले रोमी शासन विरुद्ध लड्थ्यो! पिछडिएका र गरिबहरूप्रति परमेश्‍वरको प्रेमले गर्दा असमान मानिसहरूलाई एकसाथ ल्याउँछ। तिनीहरू एकसाथ कहिल्यै मिल्छन् जस्तो देखिँदैनन् तर यी कठोर शत्रुहरूले येशूलाई पच्छ्याउन् र एउटा नौलो विश्‍व व्यवस्थाभित्र प्रवेश गर्न र एकतामा जिउन सबै थोक छोडे।

लूकाले उल्टो प्रकारको राज्यबारे येशूको शिक्षाहरूको विवरण मार्फत यो नयाँ विश्‍व व्यवस्था कस्तो हुन्छ भनेर हामीलाई देखाउँछन्। यसमा, येशू भन्नुहुन्छ कि गरिबहरू आशिषित हुन्छन् किनकि उनीहरूसँग परमेश्‍वरको राज्य छ र रूनेहरू एक दिन हाँस्नेछन्। नयाँ विश्‍व व्यवस्थामा, चेलाहरूलाई आफ्ना शत्रुहरूलाई माया गर्न, मन नपर्ने मानिसहरूका लागि अचम्म तरिकामा उदार बन्न, दया देखाउन र क्षमा दिन बोलाइएको छ। अनि येशूले यस्तो पृथक् जीवन शैलीको विषयमा बताउनु मात्र भएन। उहाँले जीवन बलिदान गर्नु भई बाटो देखाउनुभयो र आफ्नो शत्रुहरूलाई प्रेम गर्नुभयो ।

पढ्नुहोस्, मनन गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्

•के तपाईं आफूलाई मन नपरेको व्यक्तिसँगै येशूले छान्नुभएको हो? त्यो सम्बन्धबारे कसरी येशूको उलटपुलट राज्यको शिक्षाले (लूका ६:२०-३८) सम्बोधन गरेको छ ? आज उनलाई कृपा र प्रेम देखाउन तपाईंले चाल्न सक्ने एउटा कदम के हुन सक्छ?

•तपाईंको पढाइ र मननले प्रार्थना गर्न प्रेरित गरोस्। जसै तपाईं अरूमाथि दयाको लागि प्रार्थना गर्नुहुन्छ तब येशूको उदार दया प्राप्त गर्नुहुन्छ। तपाईंलाई यसबारे सहयोग चाहिएमा इमानदार भई उहाँसँग माग्नुहोस् । उहाँ सुन्दै हुनुहुन्छ।

Om denne planen

BibleProject | उल्टो प्रकारको राज्य / भाग १ - लूका

बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।

More