Bibelappen-logo
Søkeikon

जकरिया 3

3
प्रधान पुजारीको निम्ति सफा लुगाहरू
1तब याहवेहले मलाई उहाँका स्वर्गदूतको अगाडि उभिरहेका प्रधान पुजारी यहोशूलाई देखाउनुभयो, र शैतानचाहिँ यहोशूको विरोध गर्न तिनकै दाहिनेतिर उभिरहेको थियो। 2याहवेहले शैतानलाई भन्‍नुभयो, “हे शैतान, याहवेहले तँलाई हकारून्! यरूशलेमलाई चुन्‍नुहुने याहवेहले तँलाई हकारून्! के यो मानिस आगोबाट थुतेर निकालिएको जलिरहेको अगुल्टो होइन र?”
3अनि यहोशूचाहिँ मैला लुगा लगाएर स्वर्गदूतको अगाडि उभिएका थिए। 4स्वर्गदूतले आफ्नो अगाडि उभिरहेकाहरूलाई भने, “त्यसका मैला लुगाहरू फुकालिदेओ।”
तब तिनले यहोशूलाई भने, “हेर, मैले तिम्रो पाप हटाइदिएको छु, र म तिमीलाई बहुमूल्य पोशाक पहिराइदिनेछु।”
5तब मैले भनेँ, “यसको शिरमा एउटा सफा फेटा लगाइदेओ।” यसकारण तिनीहरूले यहोशूको शिरमा एउटा सफा फेटा लगाइदिए र लुगा पहिराइदिए। त्यस बेला याहवेहको स्वर्गदूत छेउमै उभिरहेका थिए।
6तब याहवेहका दूतले यहोशूलाई यो आज्ञा दिए: 7“सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘यदि तँ मेरो मार्गमा हिँडिस् र मैले चाहेका जिम्मेवारीहरू पालन गरिस् भने तैँले मेरो भवनमा अधिकार गर्नेछस् र मेरा चोकहरूको हेरचाह गर्नेछस्; अनि म तँलाई यहाँ उभिरहेकाहरूका बीचमा ठाउँहरू दिनेछु।
8“ ‘सुन, हे प्रधान पुजारी यहोशू, अब तँ र तेरो अगाडि बसेका तेरा सहयोगीहरू, तिमीहरू जो आउने कुराहरूका चिन्ह हौ: हेर, म मेरो सेवकलाई ल्याउनेछु, जसलाई हाँगा भनिनेछ। 9मैले यहोशूको अगाडिपट्टि राखेको ढुङ्गालाई हेर! त्यस ढुङ्गामा सात वटा आँखाहरू#3:9 अथवा पक्षहरू छन्, र म त्यसमाथि एउटा लेखोट खोप्नेछु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ, ‘अनि म यस देशको पाप एकै दिनमा हटाइदिनेछु।
10“ ‘त्यस दिन तिमीहरू हरेकले आफ्नो छिमेकीलाई आफ्नो दाख र नेभाराको बोटमुनि बस्‍नलाई निम्तो दिनेछौ,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।”

Marker

Kopier

Sammenlign

Del

None

Vil du ha høydepunktene lagret på alle enhetene dine? Registrer deg eller logg på