जकरिया 13
13
पापबाट शुद्ध
1“त्यस दिन दावीदको घराना र यरूशलेमका बासिन्दाहरूलाई पाप र अशुद्धताबाट शुद्ध गर्नलाई तिनीहरूका निम्ति एउटा पानीको मूल फुटेर निस्कनेछ।
2“त्यस दिन म देशबाट मूर्तिहरूका नामनिशानै मेटिदिनेछु, अनि कहिल्यै पनि तिनीहरूको सम्झना गरिनेछैन,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। “म देशबाट अगमवक्ताहरू र अशुद्धताको आत्मा दुवैलाई हटाइदिनेछु। 3यदि कसैले अझै अगमवाणी गर्छ भने त्यसलाई यो भनिनेछ, ‘तँ बाँच्नेछैनस्; किनकि तैँले याहवेहको नाममा झूट बोलेको छस्।’ जसले अगमवाणी गर्छ, त्यसका आफ्नै आमाबुबाले त्यसलाई छुरीले रोपिदिनेछन्।
4“त्यस दिन हरेक अगमवक्ता तिनीहरूका अगमवाणीको दर्शनको कारण शर्ममा पर्नेछन्। तिनीहरूले धोका दिनलाई अगमवक्ताको रौँको वस्त्र लाउनेछैनन्। 5हरेकले भन्नेछ, ‘म अगमवक्ता होइनँ। म एक किसान मात्र हुँ; किनकि युवाअवस्थादेखि नै मेरो जीविका जमिनबाट चलेको छ।’ 6यदि कसैले तिनीहरूलाई सोध्यो भने, ‘तिम्रो शरीरमा भएका यी चोटहरू के हुन्?’ तिनीहरूले जवाफ दिनेछन्, ‘यी मेरो मित्रहरूको घरमा मलाई दिइएका चोटहरू हुन्।’
गोठालालाई हिर्काइएको, भेडाहरू तितरबितर भएका
7“हे तरवार, मेरो गोठालाको विरुद्धमा उठ्;
तिनीहरूको विरुद्धमा, जो मेरो नजिक छन्!”
सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
“गोठालोलाई प्रहार गर्,
र भेडाहरू तितरबितर हुनेछन्;
अनि म मेरो हात सानाहरूको विरुद्धमा फर्काउनेछु।”
8याहवेह घोषणा गर्नुहुन्छ,
“सारा देशमा दुई तिहाइ मारिनेछन् र नष्ट हुनेछन्;
तापनि त्यहाँ एक तिहाइ छोडिनेछन्।
9यस एक तिहाइलाई म आगोमा हालिदिनेछु;
म तिनीहरूलाई चाँदीझैँ खार्नेछु,
र तिनीहरूलाई सुनझैँ जाँच्नेछु।
जब तिनीहरूले मेरो नाममा पुकार्नेछन्,
तब म तिनीहरूलाई जवाफ दिनेछु;
म तिनीहरूलाई भन्नेछु, ‘तिनीहरू मेरा प्रजा हुन्,’
र तिनीहरूले भन्नेछन्, ‘याहवेह हाम्रा परमेश्वर हुनुहुन्छ।’ ”
Markert nå:
जकरिया 13: NCV
Marker
Kopier
Sammenlign
Del
Vil du ha høydepunktene lagret på alle enhetene dine? Registrer deg eller logg på
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.