मलाकी 4
4
न्याय र करारको नवीकरण
1“त्यो दिन निश्चय नै आउँदैछ; त्यो भट्टीको आगोझैँ दन्कनेछ। सबै अहङ्कारी र दुष्कर्मीहरू ठुटा समान हुनेछन्; अनि त्यो आउँदैगरेको दिनमा तिनीहरू आगोमा जल्नेछन्,” सेनाहरूका याहवेह भन्नुहुन्छ। “तिनीहरूको एउटै हाँगा वा जरा पनि बाँकी रहनेछैन। 2तर तिमीहरू जसले मेरो नामको आदर गर्दछौ, तिमीहरूमाथि धार्मिकताको सूर्य आफ्नो किरणमा चङ्गाइ लिएर उदाउनेछ। अनि तिमीहरू बाहिर जानेछौ र बलिया बाछाझैँ खुशीले उफ्रनेछौ। 3तब तिमीहरूले दुष्टहरूलाई कुल्चीमिल्ची गर्नेछौ; अनि जुन दिन म यो काम गर्नेछु, त्यो दिन दुष्टहरू तिमीहरूका पैतालामुनि खरानीजस्तै हुनेछन्,” सेनाहरूका याहवेह भन्नुहुन्छ।
4“मेरो सेवक मोशाको व्यवस्था, आदेश र नियमहरूको सम्झना गर, जुन मैले होरेब पर्वतमा सारा इस्राएलीहरूका निम्ति त्यसलाई दिएको थिएँ।
5“हेर, याहवेहको त्यो महान् र डरलाग्दो दिन आउनुभन्दा अगि म तिमीहरूकहाँ एलिया अगमवक्तालाई पठाउनेछु। 6त्यसले बुबाहरूका हृदय तिनका छोराहरूपट्टि र छोराहरूका हृदय तिनका बुबाहरूपट्टि फर्काउनेछ; नत्रता म आउनेछु र पूरै देशलाई नाश गर्नेछु।”
Markert nå:
मलाकी 4: NCV
Marker
Kopier
Sammenlign
Del
Vil du ha høydepunktene lagret på alle enhetene dine? Registrer deg eller logg på
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.