उत्पत्ति 10

10
जाति-जातिहरूका तालिका
1नोआका छोराहरू शेम, हाम र येपेतको विवरण यही हो। जलप्रलयपछि तिनीहरूका आफ्नै छोराहरू भए।
येपेतका वंशहरू
2येपेतका छोराहरू:#10:2 छोराहरू जसको अर्थ पुर्खाहरू अथवा राष्ट्रहरू भन्‍ने जनाउँदछ। 3, 4, 6, 7, 20‑23, 2931 पदमा पनि।
गोमेर, मागोग, मादी, यावान, तूबल, मेशेक र तीरास।
3गोमेरका छोराहरू:
अश्कनज, रिपत र तोगर्मा।
4यावानका छोराहरू:
एलीशा, तर्शीश, कित्तीम र रोदानीम#10:4 केही प्राचीन पा.लि.हरूले दोदान पनि भनेर चलाएका छन्।5(यिनीहरूबाट नै समुद्री तटबासीहरू; तिनीहरूका आ-आफ्नै कुल र प्रत्येकको आफ्नै भाषाअनुसार तिनीहरूका राष्ट्रभित्र विभिन्‍न क्षेत्रहरूमा फैलिए।)
हामका वंशहरू
6हामका छोराहरू:
कूश, इजिप्ट, पूत र कनान।
7कूशका छोराहरू:
सेबा, हवीला, सब्ता, रामाह र सब्तेका।
रामाहका छोराहरू:
शेबा र ददान।
8कूश निम्रोदका पिता#10:8 पिता जसको अर्थ पुर्खा अथवा जग; थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने। 9तिनी याहवेहको सामु एक शक्तिशाली शिकारी थिए; त्यसैकारण यसो भन्‍ने चलन छ, “याहवेहको सामु निम्रोदझैँ, एक शक्तिशाली शिकारी।” 10तिनको राज्यका प्रथम केन्द्रहरू बेबिलोन, एरेक, अक्‍काद र कल्नेह हुन्, जुन शिनार#10:10 यो त्यो समयको बेबिलोन थियो। देशमा छन्। 11त्यस देशबाट तिनले आफ्नो क्षेत्रफल अश्शूरतिर फैलाए, जहाँ तिनले निनवे, रहोबोत-इर, कालह सहरहरू 12अनि निनवे र कालहको बीचमा ठूलो सहर रेसेन बनाए।
13इजिप्टचाहिँ यिनीहरूका पिता थिए:
लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्‍तूहीहरू, 14पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए), र कप्‍तोरीहरू।
15कनानचाहिँ यिनीहरूका पिता थिए:
आफ्ना जेठा छोरा सीदोन र हित्ती, 16यबूसी, एमोरी, गिर्गाशी, 17हिव्वी, अरकी, सिनी, 18अर्वादी, सेमारी र हमातीहरूका पिता थिए।
पछि कनानीहरूका कुलहरू फैलिए, 19अनि कनानीहरूका सिमानाहरू सीदोनदेखि गरारतिर गाजासम्म पुग्यो, अनि त्यहाँबाट सदोम, गमोरा, अदमा, सबोयीम भएर लासासम्म थियो।
20तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका हामका छोराहरू यिनै हुन्।
शेमका वंशहरू
21शेमका छोराहरू जन्मिए, र शेमचाहिँ येपेतका भाइ थिए; शेम नै एबेरका सबै सन्तानका पुर्खा थिए।
22शेमका छोराहरू:
एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम।
23अरामका छोराहरू:
ऊज, हूल, गेतेर र मेशेक।
24अर्पक्षद शेलहका पिता थिए,
अनि शेलहचाहिँ एबेरका पिता थिए।
25एबेरका दुई छोराहरू जन्मिए:
एउटाको नाम पेलेग#10:25 पेलेग जसको अर्थ विभाजन राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।
26योक्तान यिनीहरूका पिता थिए:
अल्मोदद, शेलेप, हसर्मवेत, येरह, 27हदोराम, ऊजाल, दिक्ला, 28ओबाल, अबीमाएल, शेबा, 29ओपीर, हवीला र योबाब। यी सबै योक्तानका छोराहरू थिए।
30(तिनीहरू बसेको ठाउँ मेशादेखि पूर्वीय पहाडी देशको सपारासम्म फैलिएको थियो।)
31तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका शेमका छोराहरू यिनै हुन्।
32तिनीहरूका आफ्ना राष्ट्रभित्र, तिनीहरूका वंशका घरानाअनुसार नोआका छोराहरूका कुलहरू यिनै हुन्। जलप्रलयपछि पृथ्वीमा यिनीहरूबाट नै विभिन्‍न जातिहरू फैलिँदै गए।

Marker

Kopier

Sammenlign

Del

None

Vil du ha høydepunktene lagret på alle enhetene dine? Registrer deg eller logg på

Video om उत्पत्ति 10