मरुभूमिको अद्भुततानमूना

मरुभूमिको अद्भुतता

दिन 6 को 6

मरुभूमिको अद्भुतता

नेगेव मरुभूमि संसारका सबैभन्दा सुख्खा भूमिहरूमध्ये एक हो, तर पनि अब्राहाम र इसहाकको समयमा त्यहाँ उनीहरूले खनेका इनारहरूले भरिएको थियो। इसहाकले विशेष गरी धेरै इनार खने, जसले उनका धेरै संख्यामा रहेका र बढ्दो गाईबस्तुहरूलाई जीवित रहन सहायता पुर्यायो।भनिन्छ कि उनले बीउ रोपेर त्यही वर्ष सय गुणा फसल प्राप्त गरे।यो साँच्चै नै एक कृषि चमत्कार थियो, किनभने यो भयानक अनिकालको बीचमा भएको थियो। अनिकाल वा कानानको सुख्खा परिस्थितिले गहिरो इनार खनेर आफ्ना लागि, परिवारका लागि, र गाईबस्तुका लागि जीवनदायी पानी खोज्नबाट उनलाई रोक्न सकेन। इसहाकको सफलता र अपार समृद्धिको रहस्य उनको परिश्रम होइन, बरु प्रत्येक कदममा परमेश्वरको उपस्थिती थियो। हामी, जो २०औँ शताब्दीमा इनार कसरी खन्ने भन्ने थाहा नभएकाहरूका लागि, त्यसको सट्टा अर्को सबैभन्दा उत्तम कुरा गर्न सक्छौं। हामी हाम्रो सबैभन्दा उजाड र कठिन समयको ठीक बीचमा परमेश्वरलाई खोज्न सक्छौं। उहाँ धेरै टाढा हुनुहुन्न।वास्तवमा, उहाँ हाम्रो सोचभन्दा पनि अझ नजिक हुनुहुन्छ। ठीक त्यसैगरी जसरी सामरी महिलाले इनारमा येशूसँग भेट गरिन्, उहाँ हाम्रो पनि प्रतीक्षा गर्नुहुन्छ। उहाँ हामीसँग रहन, हाम्रो कुरा सुन्न, र हामीसँग बोल्न चाहनुहुन्छ।समस्या यो हो कि हाम्रो आधुनिक जीवन यति धेरै कोलाहलपूर्ण छ कि हामी त्यस आवाजलाई रोक्न र उहाँसँग जोडिन असम्भवजस्तै ठान्छौं। मरुभूमि यति शान्त हुन्छ कि त्यहाँ हामी केवल आफ्नै सासको आवाज र हाम्रो वरिपरि घुमिरहेको अन्योल र अस्पष्टताको बतास मात्र सुन्न सक्छौं। यही उत्तम समय हो जीवनको मुहान स्वयम् येशूसँग बस्न र उहाँसँग गहिरो सम्बन्ध बनाउन।

यो समय जति कठिन भए पनि, सबैभन्दा ठूलो आनन्द भनेको यही समयमा परमेश्वर को हुनुहुन्छ भन्ने अद्भुत सत्य पत्ता लगाउनु हुनेछ। उहाँले आफ्नो शक्ति र महिमा पहिले कहिल्यै नदेखाएझैं प्रकट गर्नुहुनेछ। उहाँ प्रमाणित गर्नुहुनेछ कि उहाँ सर्वोच्च उद्धारकर्ता हुनुहुन्छ, जसरी जीवनले हामीलाई दिएको सबैभन्दा खराब अवस्थाबाट पनि उहाँले भलाइ ल्याउनुहुन्छ।उहाँ मरुभूमिमा मार्ग बनाउनुहुनेछ, जहाँ वास्तवमै अरू कुनै बाटो छैन। उहाँले तपाईलाई जोगाउनुहुनेछ र सबैभन्दा सानो विवरणसम्म पनि तपाईलाई आवश्यक सबै कुरा प्रदान गर्नुहुनेछ। उहाँले तपाईलाई अचम्मलाग्दो रूपमा परिवर्तन गर्नुहुनेछ, जसले गर्दा तपाई मरुभूमिमा प्रवेश गर्दा जस्तो हुनुहुन्थियौ, त्यसभन्दा बिल्कुलै फरक व्यक्ति बन्नुहुनेछ। तपाईं एक्लोपनमा सहज महसुस गर्नुहुनेछ, आँधीबेहरीको सामना गर्दा दृढ रहनुहुनेछ, र जीवनका उथलपुथलपूर्ण छालहरू बीच पनि स्थिर रहनुहुनेछ।तपाईले यस्तो सहनशक्ति निर्माण गरिसकेको हुनुहुनेछ, जसले भित्रबाट बाहिरसम्म बलियोपन प्रकट गर्दछ। तपाई येशूले आफ्ना चेलाहरुलाईप्रतिज्ञा गर्नुभएको शालोम शान्तिसँग हिँड्नुहुनेछ। परमेश्वर तपाईसँग हुनुहुन्छ भन्ने आत्मविश्वासका साथ तपाईले आफ्नो सिर उच्च राख्नुहुनेछ, जबकि तपाईको हृदय उहाँको आराधनामा नम्र भएर झुकेको हुनेछ, जसले सम्पूर्ण सृष्टिलाई आफ्ना हातमा सम्हाल्नुभएको छ।

के तपाई मरुभूमिलाई त्यसको सम्पूर्ण स्वरूपमा स्वीकार गर्न र यसले तपाईमा गर्ने सम्पूर्ण कार्यलाई आत्मसात गर्न तयार हुनुहुन्छ? के तपाई परमेश्वरको अंगालोमा आउन तयार हुनुहुन्छ, जसले तपाईलाई मरुभूमिमा लैजानुहुन्छ र त्यहाँबाट बाहिर पनि ल्याउनुहुन्छ? परमेश्वर, जसका लागि केही पनि असम्भव छैन!

यो बाइबल योजना लेखक क्रिस्टीन जयकरणद्वारा लिखित पुस्तकको एक भाग हो, जुन तल दिएको लिङ्कमा क्लिक गरेर अहिले नै उपलब्ध छ: https://www.christinejayakaran.com

यस योजनाको बारेमा

मरुभूमिको अद्भुतता

मरुभूमि, जसमा येशूका प्रत्येक अनुयायीले अनिवार्य रूपमा आफूलाई भेट्टाउनेछन्, सधैं खराब हुँदैन। यो परमेश्वरसँग अत्यन्त निकटता अनुभव गर्ने र हाम्रो जीवनमा उहाँको उद्देश्यहरू अझ स्पष्ट रूपमा बुझ्न सकिने ठाउँ हुन सक्छ । यस योजनाले तपाईंको मरुभूमि समयको अद्भुतताको अनुभव गर्न तपाईंका आँखा खोल्ने आशा गर्दछ।

More

हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christine Jayakaran लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/christinejayakaran