मरुभूमिको अद्भुततानमूना

आफ्नो हृदयलाई भटक्न नदिनुहोस्
भजनसंग्रहका लेखकले परमेश्वरसामु एक रोचक अनुरोध गरेका छन्। उनले परमेश्वरसँग “आफ्नो हृदयलाई उहाँको नामको डर मान्न एकताबद्ध गरिदिन” अनुरोध गर्छन्। उनले यस्तो अनुरोध किन गर्थे र, यदि उनलाई थाहा नभएको भए कि उनको हृदय कहिलेकाहीँ टुक्रिन सक्छ र अनिश्चित दिशामा भटकिन सक्छ! म निश्चित छु कि तपाईं पनि सहमत हुनुहुन्छ— हामी सबैको हृदयलाई प्रायः यही समस्या हुने गर्छ। अगमवक्ता यर्मियाले हाम्रो हृदयमा रहेको छलकपटको समस्यालाई उजागर गरेर हाम्रो लागि विषयलाई झन् गम्भीर बनाइदिनुभयो। हामीले अरूलाई बानी परि झुट बोल्न सक्छौं, र हाम्रो हृदयले ती झुटलाई विश्वास गर्न थाल्छ, र जो अन्ततः तिनीहरूलाई सत्यजस्तै लाग्न सक्छ। अर्कोतर्फ, हामी अरूलाई झुट बोल्छौं, तर त्यस क्रममा आफैंलाई पनि धोका दिन्छौं।
मरुभूमिले हाम्रो हृदयको भट्किने प्रवृत्तिलाई अझ बढाउने गर्छ। जब केही पनि हाम्रो इच्छा अनुसार हुँदैन, हामी स्वचालित रूपमा आफ्ना भावनाहरूको पछि लाग्न थाल्छौं।भावनाहरू संकेतकर्ताका रूपमा राम्रो हुन्छन्, तर तिनलाई मार्गदर्शक बनाउनु जोखिमपूर्ण हुन्छ। यदि हाम्रो जीवन भावनाले चलाउँछ भने, परमेश्वरले नै हामीलाई सहायता गरून्। हाम्रो हृदय नै हाम्रो जोश,स्नेह, भावना र अनुभूतिको केन्द्र हो। जब हामी बारम्बार असफलता र संघर्षको सामना गर्छौं, हाम्रो हृदय पुरानै तरिकाहरू र सोचाइहरूतर्फ फर्किन थाल्छ। जस कुरामा हामी दृढ र प्रतिबद्ध थियौं, तिनलाई हामी हलुका रूपमा लिन थाल्छौं। हामी 'जे भए पनि हुन्छ' भन्ने मानसिकतासँग जिउनथाल्छौं। यो ख्रीष्टका सच्चा चेला बन्न चाहने उहाँका अनुयायीका लागि अत्यन्त हानिकारक हुन सक्छ।
हाम्रो हृदयलाई भटक्न नदिनुको उपाय भनेको यसलाई सम्पूर्ण सतर्कताका साथ सुरक्षित गर्नु हो।यसको अर्थ, बारम्बारको निराशाका बीचमा हाम्रो स्नेह कहाँ केन्द्रित भइरहेको छ भन्ने विषयमा हामी सचेत हुनुपर्छ। यसका लागि हाम्रो हृदयको उद्देश्य, योजना र प्रवृत्तिलाई नियन्त्रणमा राख्ने अनुशासन आवश्यक हुन्छ। यो सबै गर्नु महत्वपूर्ण छ किनभने हाम्रो हृदयको अवस्था नै हाम्रो जीवनको दिशा निर्धारण गर्छ। मरुभूमि एउटा यस्तो समय हो जहाँ हाम्रो हृदयलाई पुनःस्थापित गर्न आवश्यक हुन्छ, ताकि परमेश्वरको स्थान लिएको सबै चीज हटाइएर उहाँप्रति गहिरो प्रेम स्थापित गर्न सकियोस्।जसरी मोशाले मानिसहरूलाई बारम्बार निर्देश दिएका थिए, त्यसरी नै हामीले पनि आज र हाम्रो जीवनभरि हरेक दिन “परमेश्वरलाई सम्पूर्ण हृदय, मन, आत्मा र शक्ति सहित प्रेम गर्ने” छनौट गर्नुपर्छ, जबसम्म हामी येशूलाई आमनेसामने भेट्दैनौँ।
धर्मशास्त्र
यस योजनाको बारेमा

मरुभूमि, जसमा येशूका प्रत्येक अनुयायीले अनिवार्य रूपमा आफूलाई भेट्टाउनेछन्, सधैं खराब हुँदैन। यो परमेश्वरसँग अत्यन्त निकटता अनुभव गर्ने र हाम्रो जीवनमा उहाँको उद्देश्यहरू अझ स्पष्ट रूपमा बुझ्न सकिने ठाउँ हुन सक्छ । यस योजनाले तपाईंको मरुभूमि समयको अद्भुतताको अनुभव गर्न तपाईंका आँखा खोल्ने आशा गर्दछ।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christine Jayakaran लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/christinejayakaran








