मरुभूमिको अद्भुततानमूना

आफ्नो मनलाई भटक्न नदिनुहोस्
हाम्रा धेरैजसो युद्धहरू हाम्रो मनमा नै हुन्छन्, र ती या त जितिन्छन् या त मनमै हारिन्छन्। के तपाईं यसलाई विश्वास गर्न सक्नुहुन्छ?तपाईंलाई आफ्नो हार वा विजय निश्चित गर्न न त मुख खोल्नुपर्छ, न त अगाडि कदम चाल्नुपर्छ। तपाईं आफ्नो मनलाई जथाभावी दौडिन दिनुहुन्छ भने, तपाईं पृथ्वीका सबैभन्दा अँध्यारा स्थानहरूमा पुग्न सक्नुहुन्छ, वा आफ्नो मनलाई वशमा राख्नुहुन्छ भने उच्च स्थानतर्फ विचारहरू निर्देशित गर्न सक्नुहुन्छ। यदि क्रोध तपाईंको हृदयमा बसिसकेको छ भने, छिट्टै नै तपाईंको मनले मानिसहरूप्रति रिस र दुर्भावनापूर्ण निन्दा गर्न थाल्नेछ।यदि दुःखले तपाईंको आत्मालाई बलियो गरी जकडेको छ भने, चाँडै नै तपाईंका सबै विचारहरू विनाशकारी बन्दै जानेछन्, जसले तपाईंलाई र तपाईं वरिपरिका सबैलाई निराशा र अन्धकारतर्फ लैजानेछ। यदि तपाईं आत्म-दयामा फसेको हुनुहुन्छभने, तपाईंलाई कहिल्यै हानी नगरेका व्यक्तिहरूमाथि पनि तपाईंले कटुता र आक्रोश पोख्न थाल्नुहुनेछ।
मरुभूमिले हाम्रो हृदय र मनको वास्तविक अवस्था प्रकट गर्छ, जुन अरू कुनै चीजले गर्न सक्दैन। आसपासका नकारात्मक परिस्थितिहरूले तपाईंको मनलाई भड्काएर तपाईंलाई त्यस्ता मार्गतर्फ डोर्याउन सक्छन्, जुन स्वस्थकर छैनन्।तपाईं परमेश्वर, उहाँको वचन, उहाँका प्रतिज्ञाहरू, उहाँले तपाईंलाई को भन्नुहुन्छ र यस समयमाउहाँले के गरिरहनुभएको छ भन्ने कुरामा शंका गर्न थाल्नुहुन्छ। एकमात्र समाधान भनेको तपाईंको मनलाई पूर्ण रूपमा ओभरहौल अथवा परिवर्तन गर्नु हो।
ओभरहौलको अर्थ के हो? यसको मतलब तपाईंले आधारभूत कुरामा ध्यान दिनुपर्छ, र आफ्नो नकारात्मक सोचाइका मूल कारणहरू पत्ता लगाएर तिनलाई हटाउन थाल्नु आवश्यक छ। तपाईंले आफ्नो सोचाइ परिवर्तन गर्न लक्षित र दृढ रूपमा लाग्न आवश्यक छ। पहिले, तपाईंले पुराना हानिकारक र नोक्सान गर्ने विचारहरूलाई सत्य र सद्गुणपूर्ण विचारहरूले प्रतिस्थापन गर्नुपर्छ। यी सत्यहरू पत्ता लगाउन, तपाईंले परमेश्वरको वचनकोगहिराइमा जानुपर्छ र उहाँले तपाईंलाई के भन्नुहुन्छ, उहाँले तपाईंलाई कसरी प्रेम गर्नुहुन्छ, र उहाँले तपाईंमा र तपाईंमार्फत के गर्नुहुनेछ भनेर बुझ्न थाल्नुपर्छ।एकपटक तपाईंले यो थाहा पाएपछि, तपाईं सक्रिय रूपमा पुरानालाई नयाँसँग प्रतिस्थापन गर्न सुरू गर्न सक्नुहुन्छ।तपाईंले आफ्नो सोचाइलाई निराश मानसिकताबाट विजयी मानसिकतामा रूपान्तरण गर्नुपर्छ! रूपान्तरण गर्नका लागि, तपाईंले आफ्नो दृष्टिकोण परिवर्तन गरी परमेश्वर, उहाँको राज्य, र उहाँका उद्देश्यहरूलाई स्पष्ट रूपमा केन्द्रमा ल्याउनुपर्छ। त्यसपछि तपाईंले महसुस गर्नुहुनेछ कि मरुभूमि केवल तपाईंको व्यक्तिगत यात्रा मात्र होइन, तर यसको अर्थ देख्न सकिनेभन्दा धेरै व्यापक छ।
धर्मशास्त्र
यस योजनाको बारेमा

मरुभूमि, जसमा येशूका प्रत्येक अनुयायीले अनिवार्य रूपमा आफूलाई भेट्टाउनेछन्, सधैं खराब हुँदैन। यो परमेश्वरसँग अत्यन्त निकटता अनुभव गर्ने र हाम्रो जीवनमा उहाँको उद्देश्यहरू अझ स्पष्ट रूपमा बुझ्न सकिने ठाउँ हुन सक्छ । यस योजनाले तपाईंको मरुभूमि समयको अद्भुतताको अनुभव गर्न तपाईंका आँखा खोल्ने आशा गर्दछ।
More
हामी यो योजना उपलब्ध गराउनु भएकोमा Christine Jayakaran लाई धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: www.instagram.com/christinejayakaran








