परमेश्वोरसंग प्रार्थनामा कुराकानी गर्नुनमूना

Encouraging a Prayer Habit in Your Kids

दिन 3 को 4

क्षमा पाउनु

परमेश्वोरसंग कुराकानी गर्नु
मन मनै तपाईले गर्नु भएका त्यस्ता कामहरूपरमेश्वोरलाई भन्नुस र स्वीकार गर्नुस् जसले गर्दा अरुको हृदय/चित्त दुखेको छ. परमेश्वोरसंग क्षमा माग्नुहोस. अब क्षमा गर्नुभएको निम्ति उहाँलाई धन्यबाद दिनुहोस.

भित्र जानु / क्रियाकलाप
अर्को चोटी जब तपाईको परिवार संगै खाना खाना भेला हुन्छ, त्यस बेलामा सबैलाई एरप्लग वा एरफोन लगाउन भन्नुहोस अनि सधै जसो कुरा कानी गर्नुहोस तर एक अर्कालाई भनेको कुरा बुझ्न र बुझाउन सहायता नगरिकन. सबैजना मिलेर टेबुल सफा गर्ने बेलामा पनि लगाउनुहोस.

अझ गहिराईमा
तपाई प्रभुको अगाडी क्षमा माग्न र क्षमा पाउन नजानु भनेको उहाँको आवाजलाई सुन्न इन्कार गर्नु जस्तै हो. परमेश्वोरलाई नसुन्दा तपाईले आफैलाई उहाँबाट अलग गर्नुहुन्छ जसरी झट्टै आफ्नो परिवारको आवाज राम्रोसंग नसुन्दा तपाई उहाँहरूबाट अलग हुनुभएको थियो. भजनसंग्रह ३२:५ पढ्नुहोस, 'तब मैले आफ्‍नो पाप तपाईंको सामुन्‍ने स्‍वीकार गरें, र मेरो अधर्म मैले लुकाइनँ। मैले भनें, “म आफ्‍ना अपराध परमप्रभुको सामुन्‍ने स्‍वीकार गर्नेछु।” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो।'. जब तपाईले परमेश्वोरसंग क्षमा माग्नु हुन्छ, तब उहाँले तपाईलाई क्षमा गर्नुहुन्छ. यो चाई उहाँले तपाईको कान बाट एरप्लग निकालिदिनु भए जस्तै हो र अब फेरी तपाईले उहाँलाई सुन्न सक्नुहुनेछ.

एक अर्कासंग छलफलका प्रश्नहरू
-के तपाईले कहिले आफुले गरेको गलत काम लुकाउनु भएको छ? यदि छ भने त्यो लुकाउने प्रयास गर्दा तपाइले कस्तो महसुस गर्नु भयो?
-हामीलाई परमेश्वोरकहाँ जना र हाम्रा पापहरूस्वीकार गर्न के-के कुराहरूले रोक्न सक्छन् होला?
-जब कसैले तपाईले गर्नु भएको गलत कामको लागि क्षमा दिन्छ, त्यो बेलामा तपाइलाई कस्तो महसुस हुन्छ?

धर्मशास्त्र

यस योजनाको बारेमा

Encouraging a Prayer Habit in Your Kids

पारिवारिक जीवन ब्यस्त हुन सक्छ र सधै प्रार्थनाको लागि समय छुट्याउन नभ्याउन पनि सक्छौ त्यसै माथि आफ्ना बाबु नानीहरूलाई उनीहरूको दैनिक जीवनमा परमेश्वोरलाई समाबेस गराउन मद्दत पुर्याउन बिर्सन्छौ. यस योजनामा तपाईको परिवारले देख्नेछ कि परमेश्वोरले हामीबाट कति धेरै कुराहरूसुन्न चाहनुहुन्छ र कसरी प्रार्थनाले हाम्रो परमेश्वोरसंगको र एकअर्का बिचको सम्बन्धलाई बलियो बनाऊछ. हरेक दिनमा प्रार्थनाको लागि उत्साह, छोटो वचन अध्ययन र ब्याख्या, क्रियाकलाप र छलफलका लागि प्रश्नहरूसमाबेस गरिएका छन्.

More

यो योजना उपलब्ध गराउनु भएको लागि, हामी Focus on the Family लाई धन्यबाद भन्न चाहन्छौ. थप जानकारीका लागि www.FocusontheFamily.com मा सम्पर्क गर्नुहोला.