परमेश्वोरसंग प्रार्थनामा कुराकानी गर्नुनमूना

Encouraging a Prayer Habit in Your Kids

दिन 2 को 4

प्रार्थनाद्वारा परमेश्वोरको प्रशंसा गर्नु

परमेश्वोरसंग कुराकानी गर्नु
परमेश्वोरले तपाईलाई बनाउनु भएको निम्ति उहाँको प्रशंसा गर्नुहोस् र तपाईसंग भएका सबै थोकहरूकोलागि पनि जस्तै भोजन,घर र तपाईलाई माया गर्ने व्यक्तिहरू.

भित्र जानु / क्रियाकलाप
यस्ता कुराहरूविचार गर्नुहोस जसको लागि तपाई धन्यबदी हुनुहुन्छ. त्यस्ता १० ओटा कुराहरूको सुची बनाउनुहोस् र अरु कसैलाई भन्नुहोस कि तपाईले लेख्नु भएका प्रत्यक कुराहरूका लागि तपाई किन धन्यबादी हुनुहुन्छ साथै परमेश्वोरले तपाईलाई दिनु भएको सबै थोकहरूको लागि उहाँको प्रशंसा गर्नुहोस्.

अझ गहिराईमा
दैनिक जीवनसंग संबन्धित आशिषका/धन्यबादका छोटा छोटा प्रार्थनाहरूद्वारा मानिसहरूले परमेश्वोरको प्रशंसा गर्न र उहाँ प्रति धन्यबादी हुन सिक्दछन्. जब तपाईले बिहान आफ्ना आखाँहरूखोल्नु हुन्छ, सायद तपाई यसरी प्रार्थना गर्नु हुन्छ होला, "प्रभु मेरा आखाँहरूका र दृष्टिको लागि तपाईलाई धन्यबाद". जब तपाई लुगा लगाउनु हुन्छ तब यसरी प्रार्थना गर्न सक्नु हुन्छ, "धन्यबाद प्रभु मेरा खाचोहरूपुरा गरिदिनु भएको निम्ति, मलाई पहिरनको लागि यी लुगाहरूदिनुभएकोमा." र जब तपाईले घामको पहिलो किरण देख्नु हुन्छ, तपाई यस्तो भन्दै घोषणा गर्न सक्नुहुन्छ," परमेश्वोर तपाई महान हुनुहुन्छ! यो सृष्टिको लागि धन्यबाद. भजनसंग्रह १४५:१-२ पदमा हामीले परमेश्वोरको प्रशंसा कसरी गर्नुपर्छ भन्ने कुराको एक असल उदाहरण पाउछौँ: "हे परमेश्‍वर मेरा राजा, म तपाईंको नाउँ उच्‍च पार्दछु, म तपाईंका नाउँको सदासर्वदा प्रशंसा गर्नेछु।प्रतिदिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा म तपाईंका नाउँको स्‍तुति गर्नेछु." परमेश्वोरलाई आज र दिनहु धन्यबाद दिनुहोस.

एक अर्कासंग छलफलका प्रश्नहरू
-धन्यबदी हुने बिषयहरूको सुची बनाउदा त्यसले कसरी तपाईको मनोवृतिलाई परिवर्तन गर्यो?
-यदि तपाईलाई परमेश्वोरले दिनुभएको सबै थोकहरूको लागि उहाँको प्रशंसा गर्नु भयो भने कति समय लाग्छ होला?
-परमेश्वोरको प्रशंसा गर्न कुराले तपाईलाई कसरी परिवर्तन गर्छ होला?

धर्मशास्त्र

यस योजनाको बारेमा

Encouraging a Prayer Habit in Your Kids

पारिवारिक जीवन ब्यस्त हुन सक्छ र सधै प्रार्थनाको लागि समय छुट्याउन नभ्याउन पनि सक्छौ त्यसै माथि आफ्ना बाबु नानीहरूलाई उनीहरूको दैनिक जीवनमा परमेश्वोरलाई समाबेस गराउन मद्दत पुर्याउन बिर्सन्छौ. यस योजनामा तपाईको परिवारले देख्नेछ कि परमेश्वोरले हामीबाट कति धेरै कुराहरूसुन्न चाहनुहुन्छ र कसरी प्रार्थनाले हाम्रो परमेश्वोरसंगको र एकअर्का बिचको सम्बन्धलाई बलियो बनाऊछ. हरेक दिनमा प्रार्थनाको लागि उत्साह, छोटो वचन अध्ययन र ब्याख्या, क्रियाकलाप र छलफलका लागि प्रश्नहरूसमाबेस गरिएका छन्.

More

यो योजना उपलब्ध गराउनु भएको लागि, हामी Focus on the Family लाई धन्यबाद भन्न चाहन्छौ. थप जानकारीका लागि www.FocusontheFamily.com मा सम्पर्क गर्नुहोला.