भजनसंग्रह 51:14-17
भजनसंग्रह 51:14-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमेश्वर, हे मेरा उद्धारकर्ता परमेश्वर, मलाई रक्तपातको दोषबाट छुटकारा दिनुहोस्, र मेरो मुखले तपाईंका धार्मिकताको स्तुति गाउनेछ। हे परमप्रभु, मेरा ओठ खोलिदिनुहोस्, र मेरो जिब्रोले तपाईंको प्रशंसाको घोषणा गर्नेछ। किनकि तपाईं बलिमा प्रसन्न हुनुहुन्न, नत्रता म बलि चढ़ाउनेथिएँ। होमबलिमा तपाईं खुशी हुनुहुन्न। तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, तोडिएको र पश्चात्तापी हृदयलाई तपाईं तिरस्कार गर्नुहुन्न।
भजनसंग्रह 51:14-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरा मुक्तिदाता परमेश्वर, मलाई हत्याको दोषबाट छुटकारा दिनुहोस् र मेरो ओठले तपाईंको धार्मिकता गाउनेछु। हे प्रभु, मेरा ओठहरू खोलिदिनुहोस्, र मेरो मुखले तपाईंको प्रशंसाको घोषणा गर्नेछ। बलिदानहरूमा तपाईं खुशी हुनुहुन्न, नत्रता म बलिदान चढाउनेथिएँ; तपाईं होमबलिमा प्रसन्न हुनुहुन्न। हे परमेश्वर, तोडिएको मन नै मेरो बलिदान हो; हे परमेश्वर, तपाईंले चूर्ण र पश्चात्तापी हृदयलाई कहिल्यै तिरस्कार गर्नुहुन्न।
भजनसंग्रह 51:14-17 पवित्र बाइबल (NERV)
हे परमेश्वर, मृत्यु दण्ड देखि मलाई बचाउँनु होस्। तपाईंको धार्मिकताको विषयमा, मलाई गीत गाउन दिनुहोस्। हे मेरो स्वामी, म मेरो मुख खोल्नेछु र तपाईंको प्रशंसा-गीत गाउने छु! तपाईं वास्तवमा बलिहरू चाहनु हुन्न्, यसकारण मैले किन बलिहरू चढाउनु। जुन बलि परमेश्वरले चाहनु हुन्छ त्यो विनम्र आत्मा हो। हे परमेश्वर, जो-जो विनम्र अनि समर्पित हृदय लिएर आउँदछन्, तपाईं उनीहरू देखि मुख फर्काउनु हुन्न!
भजनसंग्रह 51:14-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरो प्राण जोगाउनुहोस्, हे परमेश्वर, मलाई बचाउनुहोस् र म खुसीसाथ तपाईंको धार्मिकताबारे उच्च सोरले भन्नेछु। परमप्रभु! मलाई बोल्न सहायता गर्नुहोस् र म तपाईंको प्रशंसा गर्नेछु। तपाईं बलिदान चाहनुहुन्न, नत्र त म सो चढाउनेथिएँ, होमबलिसँग तपाईं खुसी हुनुहुन्न। चुर्ण आत्मा नै मेरो बलिदान हो, हे परमेश्वर। नम्र र पश्चात्तापी हृदयलाई तपाईं इन्कार गर्नुहुन्न।