भजनसंग्रह 51:14-17

भजनसंग्रह 51:14-17 NNRV

हे परमेश्‍वर, हे मेरा उद्धारकर्ता परमेश्‍वर, मलाई रक्तपातको दोषबाट छुटकारा दिनुहोस्‌, र मेरो मुखले तपाईंका धार्मिकताको स्‍तुति गाउनेछ। हे परमप्रभु, मेरा ओठ खोलिदिनुहोस्‌, र मेरो जिब्रोले तपाईंको प्रशंसाको घोषणा गर्नेछ। किनकि तपाईं बलिमा प्रसन्‍न हुनुहुन्‍न, नत्रता म बलि चढ़ाउनेथिएँ। होमबलिमा तपाईं खुशी हुनुहुन्‍न। तोडिएको आत्‍मा नै परमेश्‍वरको निम्‍ति बलिदान हो। हे परमेश्‍वर, तोडिएको र पश्‍चात्तापी हृदयलाई तपाईं तिरस्‍कार गर्नुहुन्‍न।