भजनसंग्रह 51:14-17

भजनसंग्रह 51:14-17 NCV

हे मेरा मुक्तिदाता परमेश्‍वर, मलाई हत्याको दोषबाट छुटकारा दिनुहोस् र मेरो ओठले तपाईंको धार्मिकता गाउनेछु। हे प्रभु, मेरा ओठहरू खोलिदिनुहोस्, र मेरो मुखले तपाईंको प्रशंसाको घोषणा गर्नेछ। बलिदानहरूमा तपाईं खुशी हुनुहुन्‍न, नत्रता म बलिदान चढाउनेथिएँ; तपाईं होमबलिमा प्रसन्‍न हुनुहुन्‍न। हे परमेश्‍वर, तोडिएको मन नै मेरो बलिदान हो; हे परमेश्‍वर, तपाईंले चूर्ण र पश्‍चात्तापी हृदयलाई कहिल्यै तिरस्कार गर्नुहुन्‍न।

भजनसंग्रह 51 पढ्नुहोस्