लूका 8:26-38
लूका 8:26-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँहरू गेरासेनसको प्रदेशमा आइपुग्नुभयो, जो गालीलको पारिपट्टि छ। जब उहाँ पाखामा उत्रनुभयो तब उहाँले सहरको एक जना मानिस भेट्नुभयो, जसलाई भूत लागेको थियो। त्यसले धेरै समयदेखि लुगा लाउँदैनथियो, र घरमा नबसी त्यो चिहानहरू हुँदो बस्दथ्यो। त्यसले येशूलाई देख्यो, र चिच्च्याएर उहाँको सामु घोप्टो परी उच्च सोरले भन्यो, “हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईंको मसँग के काम? बिन्ती गर्दछु, मलाई नसताउनुहोस्।” किनभने उहाँले अशुद्ध आत्मालाई त्यस मानिसबाट निस्केर जाने आज्ञा दिनुभएको थियो। त्यसलाई धेरै पल्ट भूतले पक्रेको थियो। त्यो पहरामा राखिएको थियो। त्यो साङ्ला र नेलले बाँधिन्थ्यो, तर त्यसले ती बन्धन छिनालिहाल्थ्यो। अनि भूतले त्यसलाई मरुभूमि हुँदो लैजान्थ्यो। येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” त्यसले भन्यो, “फौज।” किनभने धेरै भूतहरू त्यसमा पसेका थिए। तिनीहरूलाई अतल-कुण्डमा नपठाऊन् भनी तिनीहरूले उहाँलाई बिन्ती गरे। नजिकको डाँड़ामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। तब तिनीहरूले सुँगुरभित्र पस्न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे, र उहाँले मन्जूर गर्नुभयो। अनि भूतहरू त्यस मानिसबाट निस्केर ती सुँगुरहरूभित्र पसे, र त्यो बगाल भिरालोबाट समुद्रतिर हुर्रिदैं गए र डुबेर मरे। अब जे भएको थियो त्यो देखेर सुँगुर चराउनेहरू भागे, र गएर सहर र गाउँ हुँदो यो कुरो बताइदिए। अनि जे भएको थियो त्यो हेर्नलाई मानिसहरू येशूकहाँ आए, र जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसलाई लुगा लाएर सद्दे मनको भई येशूका चरणमा बसिरहेको भेट्टाए, र तिनीहरू भयभीत भए। देख्नेहरूले भूत लागेको मानिस कसरी निको भयो सो तिनीहरूलाई बताइदिए। गेरासेनसको आसपासका सबै गाउँका मानिसहरूले येशूलाई तिनीहरूका गाउँबाट गइहाल्नुहोस् भनी बिन्ती गरे, किनभने तिनीहरू ज्यादै भयभीत भएका थिए। यसकारण उहाँ डुङ्गामा चढ़ेर फर्कनुभयो। तर जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसले ‘उहाँको साथमा जान पाऊँ’ भनी उहाँलाई बिन्ती गर्न लाग्यो। तर येशूले त्यसलाई यसो भनेर बिदा दिनुभयो
लूका 8:26-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँहरू डुङ्गामा चढेर गालीलको तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा आइपुग्नुभयो। येशू जब किनारमा उत्रनुभयो, तब भूतआत्माले ग्रसित भएको त्यस सहरको एक जना मानिसले उहाँलाई भेट्यो। धेरै लामो समयदेखि त्यस मानिसले लुगा लगाउँदैनथियो। घरमा बस्दैनथियो; तर चिहानहरूका गुफामा बस्नेगर्थ्यो। जब त्यसले येशूलाई देख्यो, त्यो चिच्यायो, र उहाँको पाउमा पर्यो। अनि चर्को सोरले कराएर भन्यो, “हे येशू, सर्वोच्च परमेश्वरका पुत्र, तपाईं मसित के चाहनुहुन्छ? म तपाईंलाई बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!” किनकि येशूले अशुद्ध आत्मालाई त्यो मानिसबाट अगिबाटै निस्किआउन आज्ञा गर्नुभएको थियो। त्यस आत्माले त्यसलाई धेरै पल्ट पक्रेको थियो। त्यसलाई हात र खुट्टामा साङ्लोले बाँधेर पहरा दिएर राखिएको भए तापनि साङ्लाहरू छिनाइहाल्थ्यो। अनि भूतआत्माले त्यसलाई एकान्त ठाउँहरूमा लैजान्थ्यो। येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले जवाफ दियो, “फौज,” किनकि त्यसभित्र धेरै भूतआत्माहरू पसेका थिए। तिनीहरूले उहाँसँग तिनीहरूलाई अतल कुण्डमा जाने आज्ञा नदिनका निम्ति बारम्बार बिन्ती गरे। त्यहाँ डाँडामा एक हुल सुँगुरहरू चरिरहेका थिए। भूतआत्माहरूले तिनीहरूलाई ती सुँगुरहरूभित्र पस्न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे। उहाँले अनुमति दिनुभयो। तब त्यो मानिसबाट भूतहरू निस्केर ती सुँगुरहरूभित्र पसे। त्यो हुल भिरालो पाखाबाट हुरमुरिँदै गएर तालमा खसे, र डुबेर मरे। जब सुँगुर चराउनेहरूले त्यहाँ यो भएको घटना देखे, तब तिनीहरू भागे। अनि सहर र गाउँतिर यसको खबर दिए। मानिसहरू जे घटेको थियो, त्यो हेर्न गए। येशूकहाँ आउँदा तिनीहरूले जुन मानिसबाट भूतआत्माहरू निस्केर गएका थिए, त्यो मानिस ठिक दिमागको भएर लुगा लगाएर येशूका पाउमा बसिरहेका भेट्टाए। यो देखेर तिनीहरू डराए। जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्ट आत्मा लागेको मानिस कसरी निको पारियो भनी मानिसहरूलाई भनिदिए। तब गिरासिनी इलाकाका सबै मानिसहरूले येशूलाई तिनीहरूका ठाउँबाट छोडेर गइहाल्न बिन्ती गरे; किनकि तिनीहरू अत्यन्तै डराएका थिए। यसकारण उहाँ डुङ्गामा चढेर फर्कनुभयो। जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसले उहाँकै साथमा जान पाऊँ भनी बिन्ती गर्यो; तर येशूले त्यसलाई यसो भन्दै पठाउनुभयो
लूका 8:26-38 पवित्र बाइबल (NERV)
तिनीहरू झीलमा डुङ्गा खियाउँदै थिए। उनीहरू गालील पारीको इलाकामा पुगे जहाँ गेरासिन मानिसहरू बस्थे। जब येशू त्यो डुङ्गाबाट उत्रनु भयो, त्यसैबेला शहरबाट आएको एकजना मानिस उहाँलाई भेट्न आए। त्यस मानिसलाई भूत लागेको थियो। त्यस मानिसले धेरै समयदेखि लुगा लाउँदैन थियो। त्यो मानिस घरमा नबसेर चिहान घारीमा बस्थ्यो। त्यसलाई भूतले धेरै पटक समातको थियो। त्यसलाई जेलमा राखियो अनि हात खुट्टाहरू साँङ्गलोले बाँधियो। तर त्यस मानिले सधैँ साङ्गलाहरू चुडाउँथ्यो, अनि उसलाई भूतले एकान्त ठाँउतिर खेद्थ्यो। तर येशूले त्यस मानिसबाट त्यो भूत-आत्मालाई बाहिर निस्किने आज्ञा दिनुभयो। त्यो मानिस येशूको अघाडी घोप्टेर ठूलो स्वरले चिच्यायो, “हे, सर्वोच्च परमेश्वरका पुत्र येशू, मबाट तपाईं के चाहनुहुन्छ? दया गरी मलाई यातना नदिनुहोस्।” येशूले त्यसलाई सोध्नु भयो, “तेरो नाम के हो?” त्यस मानिसले जवाफ दियो, “लेजिअन।” त्यसले “लेजिअन” भन्यो किनभने धेरै भूतहरू ऊ भित्र पसेका छन्। ती भूतहरूले तिनीहरूलाई अनन्त अँध्यारोमा नपुर्याइयोस् भनी याचना गरे। त्यस पहाडमा एउटा ठूलो बथान सुँगुरहरू चरिरहेका थिए। ती भूतहरूले तिनीहरूलाई सुँगुरहरूमा पसाइदिनुहोस् भनी येशूलाई बिन्ती गरे अनि उहाँले तिनीहरूलाई त्यसै गर्ने अनुमति दिनुभयो। तब भूतहरू त्यो मानिसबाट निस्कीए अनि सुँगुरहरूमा पसे। त्यति भएपछि सुँगुरहरू पहाड र समुद्रको किनार तिर भागा-भाग गर्न लागे र सबै सुँगुरहरू पानीमा डुबे। जब सुँगुर गोठालाहरूले चाल पाए, तिनीहरू पनि भागे। तिनीहरूले यो घट्ना त्यहाँको बस्ती र शहरमा सबैतिर सुनाए। मानिसहरू के भयो भनेर बाहिर निस्किए। तिनीहरू येशूकहाँ आए अनि त्यहाँ त्यो मानिस जसबाट भूतहरू भागेका थिए उहाँको खुट्टामा बसिरहेको पाए। त्यो मानिसले लुगा लगाएको थियो अनि त्यसको मनस्थिति ठीकै थियो। मानिसहरू डराए। मानिसहरू जो त्यस घट्ना को दर्शक थिए अरू मानिसहरूलाई येशूले कसरी त्यो भूत लागेको मानिसलाई निको पार्नु भयो बताए। गेरासेनका सबै मानिसहरूले येशूलाई त्यस ठाँउ छाडी कतै जान बिन्ती गरे। तिनीहरू खुबै डराएका थिए। अनि उहाँ एउटा डुङ्गामा चढ्नु भयो अनि गालीलतर्फ जानु भयो। त्यो मानिस जसलाई उहाँले निको पार्नु भएको थियो त्यसले पनि येशूसँगै जान बिन्ती गरयो। तर येशूले यसो भन्दै त्यो मानिसलाई जान लगाउनु भयो
लूका 8:26-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू र उहाँका चेलाहरू गालील तालको पारि गेरासेनसको मुलुकमा पुग्नुभयो। नाउबाट ओर्लंदा त्यहाँको सहरबाट भूत लागेको मानिस येशूलाई भेट्न आयो। त्यो मानिसले धेरै दिनदेखि लुगा लाउँदैनथ्यो अनि घरमा पनि नबसेर चिहानका गुफाहरूमा बस्ने गर्थ्यो। येशूलाई देखेर ऊ जोडले चिच्च्यायो र उहाँको अगाडि घोप्टो पर्दै भन्यो, “हे येशू, महान् परमेश्वरका पुत्र, तपाईं मलाई के गर्न लाग्नुभएको? बिन्ती छ, मलाई दु:ख नदिनुहोस्।” येशूले भूतलाई निस्कने आज्ञा दिनुभएको हुनाले त्यस मानिसले यस्तो भनेको थियो। धेरैपल्ट त्यस भूतले उसलाई पक्रेको थियो। साङ्लाले उसका हात-खुट्टा बाँधेर राख्दा पनि ऊ भूतको शक्तिले साङ्ला छिनाएर उजाड-स्थानतिर भाग्थ्यो। येशूले उसलाई सोध्नुभयो, “तेरो नाम के हो?” “फौज!” उसले भन्यो किनभने उसलाई धेरै भूतहरू लागेका थिए। भूतहरूले येशूसँग बिन्ती गरे, “हामीलाई गहिरो भड्खालामा जाने आज्ञा नदिनुहोस्।” त्यस डाँडाको पाखामा एक हुल सुँगुरहरू चरिरहेका थिए। अनि भूतहरूले येशूसँग त्यो सुँगुरको हुलमा पस्ने आज्ञा मागे। येशूले तिनीहरूलाई भन्नुभयो, “जाओ।” ती भूतहरू त्यो मान्छेबाट निस्केर सुँगुरहरूभित्र पसे। त्यत्तिकैमा सुँगुरको हुल नै भीरबाट तालतिर हुरमुरिंदै डुबेर मर्यो। यस्तो घटना देखेर सुँगुर चराउनेहरू भागे र त्यो कुरा गाउँ र सहरभरि फैलाए। धेरै मानिसहरू के भयो भनेर हेर्न येशूकहाँ आए। पहिले भूतले सताएको मान्छेलाई अहिले ठीक भई लुगा लगाएर येशूको पाउनेर बसिरहेको तिनीहरूले देखे। यो देखेर तिनीहरू ज्यादै छक्क परे। त्यस मानिस निको भएको देख्नेहरूले सबै कुरा अरूहरूलाई सुनाए। त्यसपछि त्यो क्षेत्रका सबै मानिसहरूले येशूलाई ‘यहाँबाट गइहाल्नुहोस्’ भनी बिन्ती गरे किनभने तिनीहरू साह्रै डराएका थिए। त्यसो हुँदा येशू फर्केर जान नाउमा चढ्नुभयो। त्यतिखेर भूत निकालिएको त्यो मानिसले येशूलाई बिन्ती गर्यो, “हजुर मलाई पनि तपाईंसँगै लैजानोस्।” तर येशूले उसलाई भन्नुभयो