येशू र उहाँका चेलाहरू गालील तालको पारि गेरासेनसको मुलुकमा पुग्नुभयो। नाउबाट ओर्लंदा त्यहाँको सहरबाट भूत लागेको मानिस येशूलाई भेट्न आयो। त्यो मानिसले धेरै दिनदेखि लुगा लाउँदैनथ्यो अनि घरमा पनि नबसेर चिहानका गुफाहरूमा बस्ने गर्थ्यो। येशूलाई देखेर ऊ जोडले चिच्च्यायो र उहाँको अगाडि घोप्टो पर्दै भन्यो, “हे येशू, महान् परमेश्वरका पुत्र, तपाईं मलाई के गर्न लाग्नुभएको? बिन्ती छ, मलाई दु:ख नदिनुहोस्।” येशूले भूतलाई निस्कने आज्ञा दिनुभएको हुनाले त्यस मानिसले यस्तो भनेको थियो। धेरैपल्ट त्यस भूतले उसलाई पक्रेको थियो। साङ्लाले उसका हात-खुट्टा बाँधेर राख्दा पनि ऊ भूतको शक्तिले साङ्ला छिनाएर उजाड-स्थानतिर भाग्थ्यो। येशूले उसलाई सोध्नुभयो, “तेरो नाम के हो?” “फौज!” उसले भन्यो किनभने उसलाई धेरै भूतहरू लागेका थिए। भूतहरूले येशूसँग बिन्ती गरे, “हामीलाई गहिरो भड्खालामा जाने आज्ञा नदिनुहोस्।” त्यस डाँडाको पाखामा एक हुल सुँगुरहरू चरिरहेका थिए। अनि भूतहरूले येशूसँग त्यो सुँगुरको हुलमा पस्ने आज्ञा मागे। येशूले तिनीहरूलाई भन्नुभयो, “जाओ।” ती भूतहरू त्यो मान्छेबाट निस्केर सुँगुरहरूभित्र पसे। त्यत्तिकैमा सुँगुरको हुल नै भीरबाट तालतिर हुरमुरिंदै डुबेर मर्यो। यस्तो घटना देखेर सुँगुर चराउनेहरू भागे र त्यो कुरा गाउँ र सहरभरि फैलाए। धेरै मानिसहरू के भयो भनेर हेर्न येशूकहाँ आए। पहिले भूतले सताएको मान्छेलाई अहिले ठीक भई लुगा लगाएर येशूको पाउनेर बसिरहेको तिनीहरूले देखे। यो देखेर तिनीहरू ज्यादै छक्क परे। त्यस मानिस निको भएको देख्नेहरूले सबै कुरा अरूहरूलाई सुनाए। त्यसपछि त्यो क्षेत्रका सबै मानिसहरूले येशूलाई ‘यहाँबाट गइहाल्नुहोस्’ भनी बिन्ती गरे किनभने तिनीहरू साह्रै डराएका थिए। त्यसो हुँदा येशू फर्केर जान नाउमा चढ्नुभयो। त्यतिखेर भूत निकालिएको त्यो मानिसले येशूलाई बिन्ती गर्यो, “हजुर मलाई पनि तपाईंसँगै लैजानोस्।” तर येशूले उसलाई भन्नुभयो
लूका 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 8:26-38
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू