लूकाको सुसमाचार 8:26-38

लूकाको सुसमाचार 8:26-38 NERV

तिनीहरू झीलमा डुङ्गा खियाउँदै थिए। उनीहरू गालील पारीको इलाकामा पुगे जहाँ गेरासिन मानिसहरू बस्थे। जब येशू त्यो डुङ्गाबाट उत्रनु भयो, त्यसैबेला शहरबाट आएको एकजना मानिस उहाँलाई भेट्न आए। त्यस मानिसलाई भूत लागेको थियो। त्यस मानिसले धेरै समयदेखि लुगा लाउँदैन थियो। त्यो मानिस घरमा नबसेर चिहान घारीमा बस्थ्यो। त्यसलाई भूतले धेरै पटक समातको थियो। त्यसलाई जेलमा राखियो अनि हात खुट्टाहरू साँङ्गलोले बाँधियो। तर त्यस मानिले सधैँ साङ्गलाहरू चुडाउँथ्यो, अनि उसलाई भूतले एकान्त ठाँउतिर खेद्थ्यो। तर येशूले त्यस मानिसबाट त्यो भूत-आत्मालाई बाहिर निस्किने आज्ञा दिनुभयो। त्यो मानिस येशूको अघाडी घोप्टेर ठूलो स्वरले चिच्यायो, “हे, सर्वोच्च परमेश्वरका पुत्र येशू, मबाट तपाईं के चाहनुहुन्छ? दया गरी मलाई यातना नदिनुहोस्।” येशूले त्यसलाई सोध्नु भयो, “तेरो नाम के हो?” त्यस मानिसले जवाफ दियो, “लेजिअन।” त्यसले “लेजिअन” भन्यो किनभने धेरै भूतहरू ऊ भित्र पसेका छन्। ती भूतहरूले तिनीहरूलाई अनन्त अँध्यारोमा नपुर्याइयोस् भनी याचना गरे। त्यस पहाडमा एउटा ठूलो बथान सुँगुरहरू चरिरहेका थिए। ती भूतहरूले तिनीहरूलाई सुँगुरहरूमा पसाइदिनुहोस् भनी येशूलाई बिन्ती गरे अनि उहाँले तिनीहरूलाई त्यसै गर्ने अनुमति दिनुभयो। तब भूतहरू त्यो मानिसबाट निस्कीए अनि सुँगुरहरूमा पसे। त्यति भएपछि सुँगुरहरू पहाड र समुद्रको किनार तिर भागा-भाग गर्न लागे र सबै सुँगुरहरू पानीमा डुबे। जब सुँगुर गोठालाहरूले चाल पाए, तिनीहरू पनि भागे। तिनीहरूले यो घट्ना त्यहाँको बस्ती र शहरमा सबैतिर सुनाए। मानिसहरू के भयो भनेर बाहिर निस्किए। तिनीहरू येशूकहाँ आए अनि त्यहाँ त्यो मानिस जसबाट भूतहरू भागेका थिए उहाँको खुट्टामा बसिरहेको पाए। त्यो मानिसले लुगा लगाएको थियो अनि त्यसको मनस्थिति ठीकै थियो। मानिसहरू डराए। मानिसहरू जो त्यस घट्ना को दर्शक थिए अरू मानिसहरूलाई येशूले कसरी त्यो भूत लागेको मानिसलाई निको पार्नु भयो बताए। गेरासेनका सबै मानिसहरूले येशूलाई त्यस ठाँउ छाडी कतै जान बिन्ती गरे। तिनीहरू खुबै डराएका थिए। अनि उहाँ एउटा डुङ्गामा चढ्नु भयो अनि गालीलतर्फ जानु भयो। त्यो मानिस जसलाई उहाँले निको पार्नु भएको थियो त्यसले पनि येशूसँगै जान बिन्ती गरयो। तर येशूले यसो भन्दै त्यो मानिसलाई जान लगाउनु भयो