उहाँहरू डुङ्गामा चढेर गालीलको तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा आइपुग्नुभयो। येशू जब किनारमा उत्रनुभयो, तब भूतआत्माले ग्रसित भएको त्यस सहरको एक जना मानिसले उहाँलाई भेट्यो। धेरै लामो समयदेखि त्यस मानिसले लुगा लगाउँदैनथियो। घरमा बस्दैनथियो; तर चिहानहरूका गुफामा बस्नेगर्थ्यो। जब त्यसले येशूलाई देख्यो, त्यो चिच्यायो, र उहाँको पाउमा पर्यो। अनि चर्को सोरले कराएर भन्यो, “हे येशू, सर्वोच्च परमेश्वरका पुत्र, तपाईं मसित के चाहनुहुन्छ? म तपाईंलाई बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!” किनकि येशूले अशुद्ध आत्मालाई त्यो मानिसबाट अगिबाटै निस्किआउन आज्ञा गर्नुभएको थियो। त्यस आत्माले त्यसलाई धेरै पल्ट पक्रेको थियो। त्यसलाई हात र खुट्टामा साङ्लोले बाँधेर पहरा दिएर राखिएको भए तापनि साङ्लाहरू छिनाइहाल्थ्यो। अनि भूतआत्माले त्यसलाई एकान्त ठाउँहरूमा लैजान्थ्यो। येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले जवाफ दियो, “फौज,” किनकि त्यसभित्र धेरै भूतआत्माहरू पसेका थिए। तिनीहरूले उहाँसँग तिनीहरूलाई अतल कुण्डमा जाने आज्ञा नदिनका निम्ति बारम्बार बिन्ती गरे। त्यहाँ डाँडामा एक हुल सुँगुरहरू चरिरहेका थिए। भूतआत्माहरूले तिनीहरूलाई ती सुँगुरहरूभित्र पस्न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे। उहाँले अनुमति दिनुभयो। तब त्यो मानिसबाट भूतहरू निस्केर ती सुँगुरहरूभित्र पसे। त्यो हुल भिरालो पाखाबाट हुरमुरिँदै गएर तालमा खसे, र डुबेर मरे। जब सुँगुर चराउनेहरूले त्यहाँ यो भएको घटना देखे, तब तिनीहरू भागे। अनि सहर र गाउँतिर यसको खबर दिए। मानिसहरू जे घटेको थियो, त्यो हेर्न गए। येशूकहाँ आउँदा तिनीहरूले जुन मानिसबाट भूतआत्माहरू निस्केर गएका थिए, त्यो मानिस ठिक दिमागको भएर लुगा लगाएर येशूका पाउमा बसिरहेका भेट्टाए। यो देखेर तिनीहरू डराए। जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्ट आत्मा लागेको मानिस कसरी निको पारियो भनी मानिसहरूलाई भनिदिए। तब गिरासिनी इलाकाका सबै मानिसहरूले येशूलाई तिनीहरूका ठाउँबाट छोडेर गइहाल्न बिन्ती गरे; किनकि तिनीहरू अत्यन्तै डराएका थिए। यसकारण उहाँ डुङ्गामा चढेर फर्कनुभयो। जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसले उहाँकै साथमा जान पाऊँ भनी बिन्ती गर्यो; तर येशूले त्यसलाई यसो भन्दै पठाउनुभयो
लूका 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 8:26-38
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू