यहोशू 9:3-6
यहोशू 9:3-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर गिबोनका बासिन्दाहरूले यरीहो र ऐलाई यहोशूले गरेका कुरा जब सुने, तब उनीहरूले एउटा चलाखी अपनाए। उनीहरूले थाङ्ने बोराहरू र फाटेका टालेका छालाका दाखमद्यका मशकहरू आफ्ना गधामा लदाए। अनि पुरुषहरूले आफ्ना खुट्टामा पुराना टालटुल गरिराखेका जुत्ताहरू र जीउमा पुराना लुगाहरू लगाए। उनीहरूका खानेकुरा पनि सब सुकिसकेका र ढुसी परेका थिए। तब उनीहरूले गिलगालको छाउनीमा यहोशूकहाँ आएर तिनलाई र इस्राएलीहरूलाई भने, “हामी टाढ़ा देशबाट आएका हौं। यसकारण हामीसँग सन्धि गर्नुहोस्।”
यहोशू 9:3-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब गिबोनका मानिसहरूले यहोशूले यरीहो र ऐलाई जे गरेका थिए त्यसको बारेमा सुने, तब तिनीहरूले छल गर्ने विचार गरे। तिनीहरू राजदूतको रूपमा गए, जसका गधाहरूमाथि फाटेका बोराहरू, पुराना फाटेका र टालेका मशकहरूले लादिएका थिए। ती मानिसहरूले खुट्टामा पुराना टालेका जुत्ताहरू र फाटेका लुगाहरू लगाएका थिए। तिनीहरूका सबै भोजनहरू सुकेका र ढुसी परेका थिए। तब तिनीहरू गिलगालमा यहोशूको छाउनीमा गएर तिनलाई र इस्राएलीहरूलाई भने, “हामी टाढाको देशबाट आएका हौँ; यसकारण हामीसँग सन्धि गर्नुहोस्।”
यहोशू 9:3-6 पवित्र बाइबल (NERV)
कसरी यहोशूले यरीहो अनि ऐ शहरलाई परास्त गरे गिबोन शहरका मानिसहरूले त्यस विषयमा सुने। यसर्थ ती मानिसहरूले इस्राएलका मानिसहरूलाई मूर्ख तुल्याउने प्रयत्न गरे। तिनीहरूको योजना यो थियो, तिनीहरूले दाखरस हाल्ने छालाका पुराना मशकहरू जम्मा गरे जो चर्केका अनि फुटेका थिए। तिनीहरूले ती दाखरस हाल्ने छालाका पुराना मशकहरू आफ्ना पशुहरूमा लधाए। अनि आफ्ना पशुहरू माथि पुराना थाङ्गनाहरू लगाए। जसद्वारा यस्तो देखियोस् कि तिनीहरू अत्यन्त टाढाबाट यात्रा गरेर आएका हुन्। ती मानिसहरूले आफ्ना खुट्टामा पुराना जुत्ता लगाए। ती मानिसहरूले पुराना बस्त्रहरू लगाए। अनि केही बासी रोटी भेट्टाए जो सूख्खा अनि ढुँडी परेका थिए। यसरी ती मानिसहरू धेरै टाढाका स्थानबाट यात्रा गरेर आएका जस्तै देखिन्थे। तब ती मानिसहरू इस्राएलका मानिसहरूका छाउनीमा गए। यो छाउनी गिलगाल नजिक थियो। ती मानिसहरू यहोशू कहाँ गए अनि तिनलाई भने, “हामी अति टाढा देशबाट यात्रा गरेर आएका हौं हामी तपाईंसित शान्ति-सन्धि गर्न चाहन्छौं।”
यहोशू 9:3-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर यरीहो र ऐमा यहोशूले के-के गरेका थिए, ती कुरा गिबाका बासिन्दा हिव्वीहरूले सुने र तिनलाई छल गर्ने निश्चय गरे। तिनीहरूले गएर केही भोजन जुटाए र आफ्ना गधाहरूमाथि फाटेका बोराहरू र टालेका छालाका दाखमद्य हालेका मशकहरू लादे। आफैंले थाङ्ने कपडा र फाटेका र टालेका चप्पलहरू लाए। तिनीहरूले लिएका भोजन सुकेर ढुसी परिसकेका थिए। त्यसपछि तिनीहरू गिलगालमा इस्राएलीहरूका छाउनीमा गए अनि यहोशू र इस्राएलका मानिसहरूलाई भने, “हामी टाढाबाट आएका हौं। हामीसित सन्धि गर्नुहोस् भन्ने हाम्रो बिन्ती छ।”