यहोशू 9:3-6

यहोशू 9:3-6 NNRV

तर गिबोनका बासिन्‍दाहरूले यरीहो र ऐलाई यहोशूले गरेका कुरा जब सुने, तब उनीहरूले एउटा चलाखी अपनाए। उनीहरूले थाङ्‌ने बोराहरू र फाटेका टालेका छालाका दाखमद्यका मशकहरू आफ्‍ना गधामा लदाए। अनि पुरुषहरूले आफ्‍ना खुट्टामा पुराना टालटुल गरिराखेका जुत्ताहरू र जीउमा पुराना लुगाहरू लगाए। उनीहरूका खानेकुरा पनि सब सुकिसकेका र ढुसी परेका थिए। तब उनीहरूले गिलगालको छाउनीमा यहोशूकहाँ आएर तिनलाई र इस्राएलीहरूलाई भने, “हामी टाढ़ा देशबाट आएका हौं। यसकारण हामीसँग सन्‍धि गर्नुहोस्‌।”