यहोशू 9:3-6

यहोशू 9:3-6 सरल नेपाली

तर यरीहो र ऐमा यहोशूले के-के गरेका थिए, ती कुरा गिबाका बासिन्‍दा हिव्‍वीहरूले सुने र तिनलाई छल गर्ने निश्‍चय गरे। तिनीहरूले गएर केही भोजन जुटाए र आफ्‍ना गधाहरूमाथि फाटेका बोराहरू र टालेका छालाका दाखमद्य हालेका मशकहरू लादे। आफैंले थाङ्ने कपडा र फाटेका र टालेका चप्‍पलहरू लाए। तिनीहरूले लिएका भोजन सुकेर ढुसी परिसकेका थिए। त्‍यसपछि तिनीहरू गिलगालमा इस्राएलीहरूका छाउनीमा गए अनि यहोशू र इस्राएलका मानिसहरूलाई भने, “हामी टाढाबाट आएका हौं। हामीसित सन्‍धि गर्नुहोस् भन्‍ने हाम्रो बिन्‍ती छ।”

यहोशू 9 पढ्नुहोस्