यहोशूको पुस्तक 9:3-6

यहोशूको पुस्तक 9:3-6 NERV

कसरी यहोशूले यरीहो अनि ऐ शहरलाई परास्त गरे गिबोन शहरका मानिसहरूले त्यस विषयमा सुने। यसर्थ ती मानिसहरूले इस्राएलका मानिसहरूलाई मूर्ख तुल्याउने प्रयत्न गरे। तिनीहरूको योजना यो थियो, तिनीहरूले दाखरस हाल्ने छालाका पुराना मशकहरू जम्मा गरे जो चर्केका अनि फुटेका थिए। तिनीहरूले ती दाखरस हाल्ने छालाका पुराना मशकहरू आफ्ना पशुहरूमा लधाए। अनि आफ्ना पशुहरू माथि पुराना थाङ्गनाहरू लगाए। जसद्वारा यस्तो देखियोस् कि तिनीहरू अत्यन्त टाढाबाट यात्रा गरेर आएका हुन्। ती मानिसहरूले आफ्ना खुट्टामा पुराना जुत्ता लगाए। ती मानिसहरूले पुराना बस्त्रहरू लगाए। अनि केही बासी रोटी भेट्टाए जो सूख्खा अनि ढुँडी परेका थिए। यसरी ती मानिसहरू धेरै टाढाका स्थानबाट यात्रा गरेर आएका जस्तै देखिन्थे। तब ती मानिसहरू इस्राएलका मानिसहरूका छाउनीमा गए। यो छाउनी गिलगाल नजिक थियो। ती मानिसहरू यहोशू कहाँ गए अनि तिनलाई भने, “हामी अति टाढा देशबाट यात्रा गरेर आएका हौं हामी तपाईंसित शान्ति-सन्धि गर्न चाहन्छौं।”