१ शमूएल 12:18-25

१ शमूएल 12:18-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब शमूएलले परमप्रभुलाई पुकारे, र उहाँले त्‍यसै दिन गर्जन र वृष्‍टि पठाउनुभयो। सबै मानिसहरू परमप्रभु र शमूएलको अगि भयभीत भए। तिनीहरूले शमूएललाई भने, “मृत्‍युदेखि बाँचौं भनेर परमप्रभु तपाईंका परमेश्‍वरसँग हामी तपाईंका सेवकहरूका निम्‍ति प्रार्थना गरिदिनुहोस्‌। किनभने हामीले हाम्रा पापमाथि राजा मागेर यो ठूलो खराबी थपेका छौं।” शमूएलले मानिसहरूलाई भने, “नडराओ। तिमीहरू यस्‍ता दुष्‍ट भए तापनि परमप्रभुको आराधना गर्न नछोड़, तर आफ्‍नो पूरा हृदयले उहाँको सेवा गर। व्‍यर्थका देवताहरू पछि नलाग, जसले न त सहायता गर्न सक्‍छन्‌ न बचाउन सक्‍छन्, किनभने तिनीहरू व्‍यर्थ हुन्‌। आफ्‍नो महान्‌ नाउँको खातिर परमप्रभुले तिमीहरूलाई त्‍याग्‍नुहुनेछैन, किनभने उहाँले तिमीहरूलाई आफ्‍नै निज प्रजा तुल्‍याउने निश्‍चय गर्नुभएको छ। तिमीहरूका निम्‍ति प्रार्थना गर्न छोड़ेर परमप्रभुको अगि पाप गर्ने दिनचाहिँ मबाट परै रहोस्‌। जे ठीक र असल छ सो म तिमीहरूलाई देखाउनेछु। तिमीहरूले परमप्रभुको श्रद्धा गर र तिमीहरूका पूरा हृदयले ईमानदारीसित उहाँको सेवा गर। तिमीहरूका निम्‍ति उहाँले कस्‍तो ठूलो काम गर्नुभएको छ, सो विचार गर। तर तिमीहरूले खराबी नै गरिरह्यौ भने, तिमीहरू र तिमीहरूका राजा नष्‍ट हुनेछौ।”

शेयर गर्नुहोस्
१ शमूएल 12 पढ्नुहोस्

१ शमूएल 12:18-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि शमूएलले याहवेहसँग पुकार गरे; अनि त्यसै दिन याहवेहले गर्जनसहितको वर्षा पठाउनुभयो। यसकारण सबै मानिसहरू याहवेह र शमूएलसँग साह्रै भयभीत भए। तब सबै मानिसहरूले शमूएललाई भने, “हामीहरू नमरौँ भनी याहवेह तपाईंका परमेश्‍वरसित बिन्ती गरिदिनुहोस्। किनकि राजा मागेर हामीले आफ्ना अरू पापहरूमाथि अझै अर्को पाप थपेका छौँ।” शमूएलले जवाफ दिए, “भयभीत नहोओ। तिमीहरूले यी सबै दुष्‍ट काम गरेका छौ; तापनि याहवेहबाट तर्केर नजाओ, तर आफ्ना सम्पूर्ण हृदयले याहवेहको सेवा गर। व्यर्थका मूर्तिहरूको पछि नलाग। तिनीहरूले तिमीहरूको केही भलो गर्न सक्दैनन्, न त तिनीहरूले तिमीहरूलाई बचाउन नै सक्छन्। किनकि तिनीहरू व्यर्थका छन्। आफ्नो महान् नामको खातिर याहवेहले तिमीहरूलाई त्याग्नुहुनेछैन; किनकि याहवेहले तिमीहरूलाई आफ्नै निज प्रजा तुल्याउन प्रसन्‍न हुनुहुन्छ। मेरो विषयमा भन्‍नुपर्दा—तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेर याहवेहको विरुद्धमा पाप गर्ने कुरा मबाट टाढै रहोस्। अनि म तिमीहरूलाई असल र ठिक मार्ग सिकाउनेछु। तर निश्‍चित रूपमा याहवेहको डर मान र तिमीहरूका सारा हृदयले विश्‍वासयोग्य भएर उहाँको सेवा गर; उहाँले तिमीहरूका निम्ति गर्नुभएका महान् कार्यहरूको विचार गर। तर यदि तिमीहरूले दुष्‍ट काम रहिरह्‍यौ भने तिमीहरू र तिमीहरूका राजा दुवै नष्‍ट हुनेछौ।”

शेयर गर्नुहोस्
१ शमूएल 12 पढ्नुहोस्

१ शमूएल 12:18-25 पवित्र बाइबल (NERV)

यसकारण शमूएलले परमप्रभुसँग प्रार्थना गरे। त्यही दिन परमप्रभुले मेघ गर्जनसित पानी बर्षाउनु भयो। यसकारणले गर्दा मानिसहरू परमप्रभु र शमूएलसँग साह्रै डराए। सबै मानिसहरूले शमूएललाई भने, “दया गरेर परमप्रभु तपाईंका परमेश्वरलाई हाम्रो निम्ति प्रार्थना गरिदिनु होस्, तपाईंका सेवकहरूका निम्ति हामीहरूलाई नष्ट हुन नदिनु होस्। हामीले धेरै चोटी पाप गरेका छौ। हामीले राजा मागेर फेरि अर्को पाप थपेका छौं।” शमूएलले जवाफ दिए, “नडराऊ! यो सत्य हो! तिमीहरूले त्यस्ता नराम्रा कामहरू गर्यौ। तर परमप्रभुलाई पछ्उन नछोड। हृदय देखि नै परमप्रभुको सेवा गर। देवताका मूर्तिहरू केवल मूर्ति मात्र हुन्। त्यसले तिमीहरूलाई सहायता गर्दैन। यसर्थ त्यसको पूजा नगर। देवताका मूर्तिहरूले न त तिमीहरूलाई सहायता गर्न सक्छन् न त रक्षा नै गर्न सक्छन्। तिनीहरू केहि होइनन्। “तर परमप्रभुले आफ्ना मानिसहरूलाई छोडनु हुँदैन। परमप्रभु तिनीहरूलाई आफ्नो मानिस बनाएर प्रसन्न हुनुहुन्थयो। यसर्थ उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई त्याग्नु हुनेछैन। अनि म तिमीहरूका निम्ति प्रार्थना गर्न छोड्ने छैन। यदि मैले तिमीहरूका लागि प्रार्थना गरिनँ भने परमप्रभु विरूद्ध मेरो पाप हुनेछ। म तिमीहरूलाई शिक्षा दिइरहन्छु ताकि तिमीहरूले राम्रो र सही जीवन जिउनेछौ। तर तिमीहरूले परमप्रभुको डर अनि आदर गर्नैपर्छ। तिमीहरूको सम्पूर्ण हृदयले परमप्रभुको सेवा हुनुपर्छ। उहाँले तिमीहरूका निम्ति गर्नुभएको अचम्मका कार्यहरूलाई सम्झौं। तर यदि तिमीहरूले हठी र लगातार दुष्ट कार्य गरिरह्यौ भनेः परमेश्वरले तिमीहरू र तिमीहरूका राजालाई नष्ट गर्नु हुनेछ।”

शेयर गर्नुहोस्
१ शमूएल 12 पढ्नुहोस्

१ शमूएल 12:18-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसर्थ शमूएलले प्रार्थना गरे र त्‍यही दिन परमप्रभुले मेघ गर्जन र वर्षा पठाउनुभयो। तब सारा प्रजाले परमप्रभु र शमूएलको डर माने र तिनीहरूले शमूएललाई भने, “हजुर, हाम्रा निम्‍ति परमप्रभु तपाईंका परमेश्‍वरसित प्रार्थना गरिदिनुहोस् र हामीले मर्नु नपरोस्। अब हामीलाई थाहा भयो कि हाम्रा अरू सारा पापबाहेक राजा मागेर हामीले पाप गरेका छौं।” शमूएलले जवाफ दिए, “नडराओ। तिमीहरूले यस्‍तो दुष्‍कर्म गरेका भए पनि परमप्रभुबाट तर्की नजाओ तर आफ्‍ना सम्‍पूर्ण हृदयले उहाँको सेवा गर। झूटा देवी-देवतातिर नलाग, तिनीहरूले तिमीहरूलाई मद्दत दिन वा बचाउन सक्‍दैनन् किनभने तिनीहरू साँचो होइनन्। परमप्रभुले एउटा गम्‍भीर प्रतिज्ञा गर्नुभएको छ र उहाँले तिमीहरूलाई त्‍याग्‍नुहुन्‍न किनभने उहाँले तिमीहरूलाई आफ्‍ना निज प्रजा बनाउने निर्णय गर्नुभएको छ। परमप्रभुले यस्‍तो हुन नदेऊन् कि तिमीहरूको निम्‍ति अब उसो प्रार्थना गर्न छोडेर मैले उहाँको विरुद्धमा पाप गरूँ? त्‍यसका सट्टामा तिमीहरूको लागि जे असल र ठीक छ, सो म तिमीहरूलाई सिकाउनेछु। परमप्रभुको आज्ञा मान र आफ्‍ना पूरा हृदयले विश्‍वासयोग्‍य भएर उहाँको सेवा गर। उहाँले तिम्रा लागि गर्नुभएका महान् कार्यहरूको सम्‍झना गर। तर यदि तिमीहरूले पाप गरिरह्यौ भने तिमीहरू तिम्रा राजासमेत नाश हुनेछौ।”

शेयर गर्नुहोस्
१ शमूएल 12 पढ्नुहोस्