१ शमूएल 12:18-25

१ शमूएल 12:18-25 सरल नेपाली

यसर्थ शमूएलले प्रार्थना गरे र त्‍यही दिन परमप्रभुले मेघ गर्जन र वर्षा पठाउनुभयो। तब सारा प्रजाले परमप्रभु र शमूएलको डर माने र तिनीहरूले शमूएललाई भने, “हजुर, हाम्रा निम्‍ति परमप्रभु तपाईंका परमेश्‍वरसित प्रार्थना गरिदिनुहोस् र हामीले मर्नु नपरोस्। अब हामीलाई थाहा भयो कि हाम्रा अरू सारा पापबाहेक राजा मागेर हामीले पाप गरेका छौं।” शमूएलले जवाफ दिए, “नडराओ। तिमीहरूले यस्‍तो दुष्‍कर्म गरेका भए पनि परमप्रभुबाट तर्की नजाओ तर आफ्‍ना सम्‍पूर्ण हृदयले उहाँको सेवा गर। झूटा देवी-देवतातिर नलाग, तिनीहरूले तिमीहरूलाई मद्दत दिन वा बचाउन सक्‍दैनन् किनभने तिनीहरू साँचो होइनन्। परमप्रभुले एउटा गम्‍भीर प्रतिज्ञा गर्नुभएको छ र उहाँले तिमीहरूलाई त्‍याग्‍नुहुन्‍न किनभने उहाँले तिमीहरूलाई आफ्‍ना निज प्रजा बनाउने निर्णय गर्नुभएको छ। परमप्रभुले यस्‍तो हुन नदेऊन् कि तिमीहरूको निम्‍ति अब उसो प्रार्थना गर्न छोडेर मैले उहाँको विरुद्धमा पाप गरूँ? त्‍यसका सट्टामा तिमीहरूको लागि जे असल र ठीक छ, सो म तिमीहरूलाई सिकाउनेछु। परमप्रभुको आज्ञा मान र आफ्‍ना पूरा हृदयले विश्‍वासयोग्‍य भएर उहाँको सेवा गर। उहाँले तिम्रा लागि गर्नुभएका महान् कार्यहरूको सम्‍झना गर। तर यदि तिमीहरूले पाप गरिरह्यौ भने तिमीहरू तिम्रा राजासमेत नाश हुनेछौ।”

१ शमूएल 12 पढ्नुहोस्