१ शमूएल 12:18-25

१ शमूएल 12:18-25 NNRV

तब शमूएलले परमप्रभुलाई पुकारे, र उहाँले त्‍यसै दिन गर्जन र वृष्‍टि पठाउनुभयो। सबै मानिसहरू परमप्रभु र शमूएलको अगि भयभीत भए। तिनीहरूले शमूएललाई भने, “मृत्‍युदेखि बाँचौं भनेर परमप्रभु तपाईंका परमेश्‍वरसँग हामी तपाईंका सेवकहरूका निम्‍ति प्रार्थना गरिदिनुहोस्‌। किनभने हामीले हाम्रा पापमाथि राजा मागेर यो ठूलो खराबी थपेका छौं।” शमूएलले मानिसहरूलाई भने, “नडराओ। तिमीहरू यस्‍ता दुष्‍ट भए तापनि परमप्रभुको आराधना गर्न नछोड़, तर आफ्‍नो पूरा हृदयले उहाँको सेवा गर। व्‍यर्थका देवताहरू पछि नलाग, जसले न त सहायता गर्न सक्‍छन्‌ न बचाउन सक्‍छन्, किनभने तिनीहरू व्‍यर्थ हुन्‌। आफ्‍नो महान्‌ नाउँको खातिर परमप्रभुले तिमीहरूलाई त्‍याग्‍नुहुनेछैन, किनभने उहाँले तिमीहरूलाई आफ्‍नै निज प्रजा तुल्‍याउने निश्‍चय गर्नुभएको छ। तिमीहरूका निम्‍ति प्रार्थना गर्न छोड़ेर परमप्रभुको अगि पाप गर्ने दिनचाहिँ मबाट परै रहोस्‌। जे ठीक र असल छ सो म तिमीहरूलाई देखाउनेछु। तिमीहरूले परमप्रभुको श्रद्धा गर र तिमीहरूका पूरा हृदयले ईमानदारीसित उहाँको सेवा गर। तिमीहरूका निम्‍ति उहाँले कस्‍तो ठूलो काम गर्नुभएको छ, सो विचार गर। तर तिमीहरूले खराबी नै गरिरह्यौ भने, तिमीहरू र तिमीहरूका राजा नष्‍ट हुनेछौ।”