“त्यस दिन” याहवेह भन्नुहुन्छ, “माछा मूलढोकाबाट रुवाबासी सुनिनेछ; सहरका नयाँ टोलबाट विलाप र डाँडाहरूबाट ठूलो आवाज सुनिनेछ। तिमी बजारमा बास बस्नेहरू, विलाप गर; तिम्रा सारा व्यापारीहरूको नामनिशानै मेटिनेछन्, चाँदीका व्यापार गर्नेहरू सबै नाश हुनेछन्। त्यस बेला म यरूशलेमलाई बत्ती बालेर खोज्नेछु, र आफैँमा ढुक्क भएर बस्नेहरू, जो मद्यका थिग्राजस्तै छन्, जसले, ‘याहवेहले न असल, न त खराब नै गर्नुहुन्छ’ भन्नेहरूलाई दण्ड दिनेछु।
सपन्याह 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: सपन्याह 1:10-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू