सपन्‍याह 1:10-12

सपन्‍याह 1:10-12 पवित्र बाइबल (NERV)

परमप्रभु यसो भन्नुहुन्छ, “त्यस समय मानिसहरू यरूशलेमको माछा ढोकामा सहायताको निम्ति रूँदै बोलाई रहेका हुनेछन्। तिनीहरू शहरको अरू भागमा पनि रोइरहेका हुनेछन्। अनि सामानहरू भत्किरहेको भयानक आवाज जस्तै पहाडबाट शहर वरिपरि सुनिने छ। शहरको तल्लो भागमा बस्ने मानिसहरू पनि चिच्याउनेछन्। किनकि व्यापारीहरू अनि धनी व्यापारी नष्ट हुनेछन्। “त्यस समय, म एउटा बत्ती लिएर यरूशलेममा गएर खोज्नेछु। म ती सबैलाई खोज्नेछु जो आफ्नो तरीकाले बाँच्नमा सन्तुष्ट छन्। उनीहरू भन्छन्, ‘परमप्रभुले केही गर्नुहुन्न। उहाँले न त सहायता नै गर्नु हुन्छ न चोट नै पुर्याउनु हुन्छ।’ म तिनीहरूको खोजि गर्नेछु, उहाँले ती सबैलाई दण्ड दिनु हुन्छ।

शेयर गर्नुहोस्
सपन्‍याह 1 पढ्नुहोस्