रोमी 7:13-20

रोमी 7:13-20 NCV

जे असल छ, त्यही गरेँ, तर के त्यो मेरो निम्ति मृत्यु भयो त? आवश्य पनि होइन! तैपनि पापचाहिँ पापको रूपमा चिनियोस् भनेर जे असल छ, त्यसद्वारा ममा मृत्यु उत्पन्‍न गर्‍यो, ताकि आज्ञाद्वारा पाप अझ पूर्ण रूपले पापमय बन्‍न सकोस्। हामीलाई थाहा छ, व्यवस्था आत्मिक छ; तर म अनात्मिक छु, र पापको दासत्वमा बेचिएको छु। म के गर्दछु, सो म बुझ्दिनँ। किनकि जे म गर्न चाहन्छु त्यो म गर्दिनँ, तर म जे घृणा गर्दछु, त्यही गर्दछु। अनि यदि म जे गर्न चाहन्‍नँ, त्यही गर्दछु भने व्यवस्था असल छ भनी म सहमत हुन्छु। यसैले म जे गर्दछु, सो मैले होइनँ, तर मभित्र रहेको पापले गर्दछ। किनकि म जान्दछु, ममा केही असल कुराको बास छैन अर्थात् मेरो शारीरिक स्वभावमा केही असल कुराले बास गर्दैन। किनकि ममा असल काम गर्ने इच्छा छ, तर सो म गर्न सक्दिनँ। किनकि जे असल छ, त्यो म गर्न चाहन्छु, म त्यो गर्दिनँ, तर खराब काम जो म गर्न चाहन्‍नँ, त्यही म गरिरहन्छु। अब म जे गर्न चाहन्‍नँ, त्यही गर्दछु भने त्यो गर्ने म होइनँ, तर मभित्र बास गर्ने पाप हो, जसले त्यो गर्दछ।

रोमी 7 पढ्नुहोस्