रोमी 5:15-21
रोमी 5:15-21 NCV
तर परमेश्वरको वरदान अपराध जस्तो होइन; किनकि यदि एउटै मानिस आदमको अपराधको कारणले धेरै जना मरे भने त्योभन्दा कति धेरै परमेश्वरको अनुग्रह तथा एक जना मानिसको, अर्थात् येशू ख्रीष्टको अनुग्रहको वरदान धेरैका लागि प्रशस्त भयो! परमेश्वरको वरदानलाई एक जना मानिस आदमको पापको परिणामसँग तुलना गर्न सकिँदैन: एउटै पापले न्याय र दण्ड ल्यायो; तर अनुग्रहको वरदानले अनेकौँ अपराधहरूबाट निर्दोषीकरण गरायो। किनकि जब एउटा मानिस आदमको अपराधको कारण त्यही एउटै मानिसद्वारा मृत्युले शासन गर्यो भने एउटै मानिस येशू ख्रीष्टद्वारा परमेश्वरको अनुग्रहको प्रशस्तताले र धार्मिकताको वरदानले जीवनमा कति बढी राज्य गर्नेछ! यसकारण जसरी एक जनाको अपराधले सबै मानिसमाथि दण्डको आज्ञा भयो, त्यसरी नै एक जनाको धार्मिकताको कार्यले पनि सबै मानिसहरूमा निर्दोषीकरण र जीवन ल्यायो। जसरी एक जना मानिसको अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए, त्यसरी नै एक जनाको आज्ञाकारिताले धेरै जना धर्मी ठहराइनेछन्। व्यवस्था आयो, ताकि पाप बढोस्; तर जहाँ पाप बढ्यो, त्यहाँ अनुग्रह पनि झन् धेरै बढ्यो, ताकि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसरी नै येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनन्त जीवन ल्याउनलाई अनुग्रहले धार्मिकतामाथि राज्य गरोस्।

