रोमी 5:15-21
रोमी 5:15-21 NNRV
सित्तैँको वरदान र त्यस अपराधमा केही समानता छैन। किनकि एक जना मानिसको अपराधले गर्दा धेरै मरे भनेता झन् बढ़ी परमेश्वरको अनुग्रह र एक जना मानिसको, अर्थात् येशू ख्रीष्टद्वारा आएको सित्तैँको वरदान धेरैका निम्ति प्रशस्त भयो। सित्तैँको वरदानचाहिँ त्यस एक जना मानिसको पापको नतीजाजस्तै होइन। किनकि एउटा अपराधको इन्साफले दण्डको आज्ञा ल्यायो, तर धेरै अपराधका पछि आउने सित्तैँको वरदानले निर्दोषीकरण ल्याउँछ। यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भनेता झन् बढ़ी प्रशस्त अनुग्रह र धार्मिकताका सित्तैँको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्। यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ। किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन्। व्यवस्था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ़्यो अनुग्रह झन् बढ़ी मात्रामा बढ़्यो, यस हेतुले कि जसरी पापले मृत्युमा राज्य गर्यो, त्यसै गरी येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्त जीवनसम्म राज्य गरोस्।

