भजनसंग्रह 139:7-10

भजनसंग्रह 139:7-10 NCV

तपाईंको आत्माबाट म कहाँ जान सक्छु? तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु? यदि म स्वर्गमा गएँ भने तापनि त्यहाँ तपाईं हुनुहुन्छ; यदि पातालमा मैले आफ्नो ओछ्यान बनाएँ भने, त्यहाँ पनि तपाईं हुनुहुन्छ। यदि प्रभातको पखेटामा उडेर, समुद्रको पल्‍लो किनारमा पुगेर बसेँ भने पनि, त्यहाँ पनि तपाईंको हातले मलाई डोर्‍याउनेछ, र तपाईंको दाहिने हातले मलाई थाम्नेछ।

भजनसंग्रह 139 पढ्नुहोस्