भजनसंग्रह 121:3-6

भजनसंग्रह 121:3-6 NCV

उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन— तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन; साँच्‍चै, इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न उँघ्नुहुन्छ, न त निदाउनुहुन्छ। याहवेहले नै तिमीलाई रक्षा गर्नुहुनेछ— याहवेह नै तिम्रो दाहिने हातपट्टिको तिम्रो छहारी हुनुहुन्छ; दिउँसोको घामले तिमीलाई पोल्नेछैन, न त राति चन्द्रमाले तिमीलाई हानि गर्नेछ।

भजनसंग्रह 121 पढ्नुहोस्