हे मेरो छोरा, आफ्नो बुबाको आज्ञापालन गर; र आफ्नी आमाको शिक्षालाई नत्याग। त्यसलाई तिम्रो हृदयमा सधैँको लागि टाँसी राख, त्यसलाई तिम्रो गलामा बाँधिराख। जब तिमी हिँड्छौ, त्यसले तिमीलाई अगुवाइ गर्नेछ; जब तिमी निदाउँछौ, त्यसले तिम्रो सुरक्षा गर्नेछ; जब तिमी जाग्नेछौ, त्यसले तिमीलाई सल्लाह दिनेछ। किनकि यो आज्ञा एउटा बत्ती हो, र शिक्षाचाहिँ ज्योति हो; अनि अनुशासनको सुधार जीवनका मार्ग हुन्, जसले तिमीलाई चरित्रहीन स्त्रीबाट, स्वेच्छाचारी पत्नीको चिप्ले कुराबाट बचाउँछ। तिम्रो हृदयमा त्यसको सुन्दरताको चाहना नगर; त्यसका आँखाले तिमीलाई वशमा नपारोस्। किनकि वेश्याले तिमीलाई रोटी समान बनाउँछे, तर अर्काकी पत्नीले झन् तिम्रो जीवनलाई नै शिकार बनाउँछे। के मानिसले आफ्नो काखमा आगो राख्यो भने उसको लुगा डढ्दैन र? के मानिस भुङ्ग्रोमाथि हिँड्यो भने त्यसका पाउहरू जल्दैन र? त्यसरी नै जो मानिस अर्काकी पत्नीसित सुत्छ, त्यसलाई छुने कोही पनि दण्ड नपाई उम्कनेछैन।
हितोपदेश 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 6:20-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू