हितोपदेश 6:20-29

हितोपदेश 6:20-29 सरल नेपाली

ए मेरो छोरा, आफ्‍नो बुबाले भनेअनुसार गर्‌ र आफ्‍नी आमाको अर्ती नबिर्सी। तिनीहरूका वचनहरू आफ्‍नो हृदयमा सधैँ साँचिराख्, तिनीहरूका अर्तीले तेरो यात्रामा तेरो अगुवाइ गर्नेछ, राती तेरो रक्षा गर्नेछ र दिउँसो सल्‍लाहको कुरा तँलाई बताउनेछ। तिनीहरूको अर्तीचाहिँ उज्‍यालो ज्‍योति हो, तिनीहरूको सुधारले तँलाई आफ्‍नो जीवन बिताउन सिकाउँछ। त्‍यसले तँलाई भ्रष्‍ट आइमाईहरू र अर्काका स्‍वास्‍नीहरूका पापमा फसाउने मीठो बोलीबाट टाढा राख्‍नेछ। तिनीहरूका सुन्‍दरताको लालसा नगर्‌, तिनीहरूका चञ्‍चल आँखाका हेराइले तँलाई नफसाओस्। मानिसले एउटा रोटीको मोल तिरेर वेश्‍याकहाँ जान्‍छ तर व्‍यभिचारीले त्‍यस मानिसको सम्‍पूर्ण जीवनलाई बरबाद पार्दछ। के तैँले लुगा नडढाईकन आफ्‍नो छातीमा आगो बोक्‍न सक्‍छस्? आगोको भुङ्ग्रोमा के तँ खुट्टा नजलाई हिँड्‍न सक्‍छस्? अर्काकी स्‍वास्‍नीसित सुत्‍नु त्‍यस्‍तै खतराको कुरा हो। जसले त्‍यसो गर्छ, त्‍यसले दु:ख भोग्‍नेछ।

हितोपदेश 6 पढ्नुहोस्