फेरि याहवेहको कानमा पुग्ने गरी ती इस्राएली मानिसहरूले आफ्ना कष्टको विषयमा गनगनाउन थाले। जब उहाँले त्यो सुन्नुभयो, तब उहाँको क्रोध दन्क्यो। अनि तिनीहरूका बीचमा याहवेहबाट आगो दन्क्यो र छाउनीका केही बाहिरी भागहरूलाई भस्म पारिदियो। तब मानिसहरूले मोशासित गोहार मागे। तिनले याहवेहसँग बिन्ती गरे। अनि आगो निभ्यो। यसकारण त्यस ठाउँलाई तबेरा भनियो। किनकि याहवेहबाटको आगो तिनीहरूका बीचमा दन्केको थियो।
गन्ती 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 11:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू