यतिखेर परमप्रभुको कानमा पुग्ने गरी ती मानिसहरू आफ्ना कष्टहरूका विषयमा गनगनाउन लागे। जब परमप्रभुले यो सुन्नुभयो, तब उहाँको क्रोध दन्क्यो, र परमप्रभुको अग्नि सल्केर छाउनीको पल्लो भाग भस्म पारिदियो। अनि मानिसहरू मोशाकहाँ आएर विलाप गरे। तब मोशाले परमप्रभुलाई प्रार्थना गरे, र आगो निभ्यो। यसकारण त्यस ठाउँको नाउँ तबेरा राखियो, किनभने परमप्रभुको आगो तिनीहरूका बीचमा दन्केको थियो।
गन्ती 11 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 11:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू