मानिसहरूले आफ्ना कष्टबारे परमप्रभुसित गनगन गर्न लागे। तिनीहरूका कुरा सुनेर परमप्रभु रिसाउनुभयो र आगो लगाइदिनुभयो। आगो तिनीहरूका बीचमा सल्केर छाउनीको एक भाग भस्म पारिदियो। मानिसहरू सहायता माग्दै मोशालाई कराउन लागे। मोशाले परमप्रभुलाई प्रार्थना गरे र आगो निभ्यो। त्यसरी त्यस ठाउँको नाउँ तबेरा भयो किनभने त्यस ठाउँमा परमप्रभुको आगो तिनीहरूका बीचमा दन्केको थियो।
गन्ती 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 11:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू