मर्कूस 5:21-24

मर्कूस 5:21-24 NCV

फेरि येशू डुङ्गामा चढी तालपारि जानुभयो। उहाँ तालको किनारमा हुँदा एउटा ठूलो भीड उहाँका चारैतिर भेला भयो। तब सभाघरका शासकहरूमध्ये याइरस नाम भएका एक जना त्यहाँ आए। येशूलाई देखेर तिनी उहाँको पाउमा घोप्टो परे, अनि उहाँलाई एकदमै बिन्ती गरे, “मेरी सानी छोरी मर्नै लागेकी छे। दया गरेर तपाईंका हात त्यसमाथि राखिदिनुहोस्, र त्यो निको होस्, र त्यो बाँचोस्।” तब येशू तिनीसित जानुभयो। एउटा ठूलो भीडले उहाँलाई पछ्यायो र उहाँका चारैतिर ठेलमठेल भयो।

मर्कूस 5 पढ्नुहोस्