मर्कूस 14:53-65

मर्कूस 14:53-65 NCV

तिनीहरूले येशूलाई प्रधान पुजारीकहाँ लगे। अनि सबै मुख्य पुजारीहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू एकसाथ आए। पत्रुस टाढैबाट उहाँलाई पछ्याउँदै प्रधान पुजारीको चोकसम्मै गए। त्यहाँ तिनले सिपाहीहरूसित बसेर आगो ताप्न थाले। मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा प्रमाणहरू खोजिरहेका थिए; तर तिनीहरूले एउटै पनि पाएनन्। धेरैले उहाँको विरुद्धमा झूटो साक्षी दिए, तर तिनीहरूको बयान आपसमा मिलेन। तब केहीले उभिएर उहाँको विरुद्धमा यसरी आफ्नो झूटो साक्षी दिए: “यसले ‘मानिसले बनाएको यो मन्दिरलाई भत्काएर तीन दिनमा, मानिसले नबनाएको अर्को मन्दिर बनाउनेछु’ भनेको हामीले सुन्यौँ।” तर तिनीहरूको गवाही पनि आपसमा मिलेन। तब प्रधान पुजारीले तिनीहरूका सामु उभिएर येशूलाई सोधे, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?” तर येशू चुप रहनुभयो, र केही जवाफ पनि दिनुभएन। प्रधान पुजारीले फेरि उहाँलाई सोधे, “के तँ परमधन्यका पुत्र ख्रीष्‍ट होस्?” येशूले भन्‍नुभयो, “म हुँ; अनि तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसिरहेको र आकाशका बादलहरूमा आइरहेको देख्नुहुनेछ।” प्रधान पुजारीले आफ्ना वस्त्रहरू च्याते र सोधे, “अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो? तिमीहरूले ईश्‍वरनिन्दा सुनिहालेका छौ। तिमीहरूको के विचार छ?” तिनीहरू सबैले उहाँलाई मृत्युदण्डको दोषी ठहराए। तब कसै-कसैले उहाँलाई थुक्न थाले; तिनीहरूले उहाँका आँखा छोपे, र मुक्‍का लगाएर भने, “लौ अगमवाणी गर्!” अनि सिपाहीहरूले थप्पड लगाउँदै उहाँलाई लगे।

मर्कूस 14 पढ्नुहोस्

मर्कूस 14:53-65 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति