“मलाई ‘प्रभु, प्रभु,’ भन्नेहरू सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्; तर त्यसले मात्र प्रवेश गर्नेछ, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालना गर्दछ। त्यस दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाममा अगमवाणी गरेनौँ र? अनि तपाईंको नाममा भूतहरू धपाएनौँ र? अचम्मका काम गरेनौँ र?’ तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। हे अधर्म काम गर्नेहरू हो, मबाट दूर भइजाओ!’ “यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्दछ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो। अनि पानी पर्यो, भल आयो, हुरी चल्यो, र त्यस घरमा बजारियो; तर पनि त्यो ढलेन। किनकि त्यसको जग चट्टानमाथि थियो। तर हरेक मानिस, जसले मेरा यी वचनहरू सुनेर तिनलाई पालना गर्दैन, त्यो एउटा मूर्ख मानिसजस्तो हो, जसले आफ्नो घर बालुवामाथि बनायो। अनि पानी पर्यो, भल आयो, हुरी चल्यो, र त्यसमा बजारियो। अनि त्यो पूरै ध्वस्त भएर ढल्यो।” येशूले यी कुरा भनिसक्नुभएपछि भीडहरू उहाँको शिक्षामा छक्क परे। किनकि उहाँले तिनीहरूका व्यवस्थाका शिक्षकहरूले झैँ होइन, तर अधिकार भएको व्यक्तिले झैँ सिकाउनुहुन्थ्यो।
मत्ती 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 7:21-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू