मत्ती 3:15-17

मत्ती 3:15-17 NCV

येशूले जवाफ दिनुभयो, “अहिले यसै हुन देऊ। सबै धार्मिकता पूरा हुनलाई हाम्रा लागि यो गर्नु नै उचित छ।” तब यूहन्‍ना राजी भए। येशूले जब बप्‍तिस्मा लिनुभयो, तब उहाँ पानीबाट निस्केर माथि आउनुभयो। त्यस बेला स्वर्ग उघ्रियो। अनि उहाँले परमेश्‍वरको आत्मालाई ढुकुरझैँ ओर्लंदै गर्नुभएको र आफूमाथि बस्‍न आउँदै गर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट यस्तो आवाज आएको सुनियो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्‍न छु।”

मत्ती 3 पढ्नुहोस्

मत्ती 3:15-17 को लागि भिडियो