मत्ती 24:4-8

मत्ती 24:4-8 NCV

येशूले जवाफ दिनुभयो: “होसियार रहो, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्। किनकि धेरै जना ‘म ख्रीष्‍ट हुँ,’ भन्दै मेरो नाममा दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्। तिमीहरूले लडाइँहरू र लडाइँहरूका हल्‍लाहरू सुन्‍नेछौ, तर तिमीहरू नडराउनू। यस्ता कुराहरू त हुनैपर्छ; तर अन्त्य आउन अझै बाँकी नै छ। जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुइँचालाहरू जानेछन्। यी सबै प्रसववेदनाका सुरुवात मात्र हुन्।

मत्ती 24 पढ्नुहोस्