मत्ती 24:4-8

मत्ती 24:4-8 पवित्र बाइबल (NERV)

येशूले भन्नुभयो, “होशियार बस। तिमीहरूलाई कसैले मुर्ख बनाउन नपाओस्। धेरै मानिसहरू आउनेछन् र मेरो नाम लिनेछन्। तिनीहरूले ‘म नै ख्रीष्ट हुँ।’ भनी धेरैलाई मूर्खबनाउनेछन्। तिमीहरूले लँडाईका बारेमा सुन्नेछौ। अनितिमीहरूले अब हुने लँडाईका बारेमा पनि समाचार सुन्नेछौ। तर डराउनु पर्दैन। यी सब घट्नाहरू हुनैपर्छ। तर अन्त्य अझ आइहाल्ने छैन। किनभने एक जातिले अर्को जातिको विरोध गर्नेछ अनि राज्य राजयको विरोधमा युद्ध हुनेछ। अनि धेरै ठाउँमा अनिकाल लाग्नेछ अनि भूँईचालो जानेछ। यी सबै थोक सुत्केरी व्याथा लागे झैं आइलाग्ने छन्।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्

मत्ती 24:4-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले जवाफ दिनुभयो, “होशियार रहो! कसैले पनि तिमीहरूलाई छकाउन नपाओस् किनभने धेरै मानिसहरू ‘मुक्ति दिने ख्रीष्‍ट मै हुँ’ भन्‍दै मेरो नाउँमा आउनेछन् अनि धेरै मानिसहरूलाई छकाउनेछन्। तिमीहरूले लडाइँ भयो भन्‍ने र लडाइँ हुने हल्‍लाहरू सुन्‍नेछौ। तर त्‍यस बेला तिमीहरू नडराउनू। ती सबै कुराहरू त हुनु नै पर्छ, तर त्‍यति नै खेर त संसारको अन्‍त हुँदैन। जाति-जातिको बीचमा लडाइँ चल्‍नेछ। अनि एउटा राज्‍यले अर्को राज्‍यमाथि हमला गर्नेछ। जताततै अनिकालपर्नेछ र भूइँचालो जानेछ। यी कुराहरू त दु:खको सुरु मात्रै हो।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्