हप्ताको पहिलो दिन, एकाबिहानै ती स्त्रीहरू आफूले तयार पारेका सुगन्धित मसलाहरू लिएर चिहानमा गए। तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए। तर जब तिनीहरूभित्र पसे, तिनीहरूले प्रभु येशूको शरीर पाएनन्। यस विषयमा तिनीहरू अलमल परिरहेकै बेला, बिजुली चम्केजस्तो चम्किलो लुगा पहिरेका दुई जना एक्कासि तिनीहरूका अगि उभिए। ती स्त्रीहरूले भयभीत भएर आफ्ना अनुहार भुइँतिर झुकाए, तर ती मानिसहरूले भने, “जीवित व्यक्तिलाई मृतकहरूका बीचमा तिमीहरू किन खोज्दछौ? उहाँ यहाँ हुनुहुन्न। उहाँ जीवित हुनुभएको छ! उहाँ तिमीहरूसँग गालील प्रदेशमा हुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो, सो सम्झ: ‘मानिसको पुत्र पापीहरूका हातमा सुम्पिइनु, क्रूसमा टँगाइनु र तेस्रो दिनमा फेरि जीवित भई उठ्नु आवश्यक छ।’ ”
लूका 24 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 24:1-7
20 दिनहरू
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू