हप्ताको पहिलो दिन बिहान सखारै ती स्त्रीहरूले तयार गरेका सुगन्धित द्रव्य लिएर तिनीहरू चिहानमा आए। तिनीहरूले ढुङ्गा चिहानबाट हटाएको भेट्टाए। तर भित्र पस्दा तिनीहरूले प्रभु येशूको शरीर पाएनन्। जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, तब चहकिलो पोशाक पहिरिएका दुई पुरुषहरू तिनीहरूका छेवैमा खड़ा भए। तिनीहरू भयभीत भए अनि जमिनतिर शिर झुकाए, तर ती दुई पुरुषले भने, “तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूका बीचमा किन खोज्छौ? उहाँ यहाँ हुनुहुन्न, तर जीवित भई उठ्नुभएको छ। गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो त्यो याद गर, कि मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, र क्रूसमा टाँगिनु, र तेस्रो दिनमा जीवित भई उठ्नु आवश्यक छ’।”
लूका 24 पढ्नुहोस्
सुन्नुहोस् लूका 24
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 24:1-7
20 दिनहरू
बाइबल प्रोजेक्टले व्यक्ति विशेष, साना समूह र परिवारहरूलाई २० दिनभित्र लूकाको पुस्तक पूरै पढी सिध्याउन प्रेरित गर्नको लागि उल्टो प्रकारको राज्य भाग १ डिजाइन गरेको छ । यस अध्ययन योजनाले एनिमेटेड भिडियोहरू, अन्तर्दिष्टियुक्त सारांशहरू र विचारशील प्रश्नहरू मार्फत सहभागीहरूलाई येशूसँग भेट गर्न मदत गर्छ र लूकाको शानदार साहित्यिक ढाँचा र विचारको प्रवाहमा संलग्न गराउँछ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू