लूका 2:15-26

लूका 2:15-26 NCV

जब स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब ती गोठालाहरूले आपसमा भने, “हामी बेथलेहेममा जाऔँ, र यो भएको घटना हेरौँ, जसको विषयमा प्रभुले हामीलाई भन्‍नुभएको छ।” त्यसकारण तिनीहरू हतार-हतार गए, र मरियम, योसेफ र डुँडमा बालकलाई सुतिरहेका भेट्टाए। जब तिनीहरूले उहाँलाई देखे, तब त्यस बालकको विषयमा तिनीहरूलाई जे भनिएको थियो, त्यस बारेमा तिनीहरूले कुरा फैलाए। जति जनाले यो सुने, गोठालाहरूले तिनीहरूलाई बताएका कुरामा सबै आश्‍चर्यचकित भए। तर मरियमले यी सबै कुरा मनैमा राखिन् र त्यस बारेमा विचार गर्दै बसिन्। सबै कुरा तिनीहरूलाई भनिएबमोजिम नै सुनेका र देखेका हुनाले ती सबै कुराहरूका निम्ति परमेश्‍वरलाई महिमा र प्रशंसा गर्दै गोठालाहरू फर्के। आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाम येशू राखियो, जुन नाम उहाँ गर्भमा आउनुभन्दा अगि नै स्वर्गदूतले राख्नू भनी भनेका थिए। जब मोशाको व्यवस्थाअनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भयो, तब योसेफ र मरियमले उहाँलाई प्रभुमा समर्पण गर्न यरूशलेममा ल्याए, (जसरी प्रभुको व्यवस्थामा लेखिएको छ, “पहिले जन्मने हरेक जेठो पुत्र प्रभुका निम्ति पवित्र गरिनेछ”), अनि “एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा” भनी प्रभुको व्यवस्थाले भनेजस्तै तिनीहरू बलिदान चढाउन गए। त्यस समय यरूशलेममा शिमियोन नाम गरेका एक जना धर्मी र भक्त मानिस थिए। पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो; अनि तिनले इस्राएलका सान्त्वना दिनुहुनेलाई पर्खिरहेका थिए। प्रभुका ख्रीष्‍टलाई नदेखेसम्म तिनी मर्नेछैनन् भनी पवित्र आत्माद्वारा तिनलाई प्रकट गरिएको थियो।

लूका 2 पढ्नुहोस्

लूका 2:15-26 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति