लूका 14:17-20

लूका 14:17-20 NCV

भोजको समय हुँदा उनले आफ्नो सेवकलाई निम्तो दिइएकाहरूलाई यसो भन्‍न पठाए, ‘आउनुहोस्, अब सबै थोक तयार भइसक्यो।’ “तर तिनीहरू सबैले समान रूपले एउटा-एउटा बहाना बनाउन लागे। पहिलोले भन्यो, ‘मैले भर्खरै एउटा जमिन किनेको छु, र म त्यो हेर्न जानुपर्छ; कृपया मलाई माफ गर्नुहोस्।’ “अर्कोले भन्यो, ‘मैले भर्खरै पाँच हल गोरु किनेको छु, म तिनीहरूलाई जाँच गर्न जाँदैछु; बिन्ती गर्दछु, मलाई माफ गर्नुहोस्!’ “अझै अर्कोले भन्यो, ‘मेरो भर्खरै विवाह भएको छ, त्यसकारण म आउन सक्दिनँ।’

लूका 14 पढ्नुहोस्