एक समयमा एक जना व्यवस्थाका विशेषज्ञले येशूको परीक्षा गर्न उठे, र उहाँलाई प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?” उहाँले भन्नुभयो, “व्यवस्थामा के लेखिएको छ? त्यसलाई तिमी कसरी पढ्छौ?” तब तिनले जवाफ दिए: “ ‘परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण बलले र सम्पूर्ण मनले प्रेम गर,’ र ‘आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।’” येशूले जवाफ दिनुभयो, “तिमीले ठिक जवाफ दियौ। त्यसै गर, र तिमी बाँच्नेछौ।” तर तिनले आफूलाई धर्मी ठहराउने इच्छा गरेर येशूलाई सोधे, “त्यसो भए मेरो छिमेकी को हो त?” जवाफमा येशूले भन्नुभयो: “एक जना मानिस यरूशलेमबाट यरीहोतिर ओर्लंदैथियो। त्यो डाँकुहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारे, पिटे र अधमरो बनाएर छोडेर गए। संयोगवश एउटा पुजारी त्यही बाटो भएर आयो, र त्यस अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो। त्यसै गरी एउटा लेवी पनि त्यस ठाउँमा आइपुग्यो, र त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो। तर एक जना सामरी यात्रा गर्दागर्दै त्यो मानिस भएको ठाउँमा आइपुग्यो। त्यसलाई देखेर त्यस सामरीको मन दयाले भरियो।
लूका 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 10:25-33
4 Days
In a world where so much division and tension exists, we’d all be better off if we learned to love others—even if it’s inconvenient or uncomfortable. In this 4-day plan, we’ll discuss who our neighbors are and how to love them.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू